ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र
शिक्षक छनौटमा विवादः

अनियमितता भएको आरोप–प्रत्यारोप

२२ श्रावण २०८०, सोमबार
२२ श्रावण २०८०, सोमबार

भैरहवा, २२ साउन ।  सिद्धार्थनगर नगरपलिका वडा नं १० दोगहरीमा रहेको सुर्यदेव माविमा शिक्षक छनौट गर्दा अनियमितता गरेको आरोप लागेको छ । गणित राहत शिक्षको परीक्षा गर्दा परीक्षा बीचमै रोकिई बिभिन्न घटनाले शिक्षक छनौटमा अनियमितता भएको स्थानीयहरू बताउँछन् । १६ गते मंगलबार लिइएको परिक्षामा ७ जना विद्यार्थी सहभागी भएकोमा १ जना विद्यार्थी रामकेश कहाँर मात्रै उत्तीर्ण भएको तर अर्कालाई ३ जनाले नम्बर दिएर उत्तीर्ण गराएको विद्यालय ब्यवस्थापनका अध्यक्ष हरिद्वार प्रसाद जैसवालले आरोप छ । यद्यपी आफ्नो मान्छे नपरेपछि अध्यक्षले शिक्षक छनौटमा अनियमतिता भएको बिषय बाहिर ल्याएको बताइन्छ ।

निकटतम प्रतिस्पर्धी शालीकराम ज्ञवालीलाई प्रधानाध्यापक दूर्गा पाण्डे, विषय विज्ञ मेघनाथ शर्मा र वि.नि.जानवी पाण्डेले आफै नं. दिएर पहिलो परिक्षामा २ जनालाई उत्तीर्ण गराइएको सुर्यदेव माध्यमिक विद्यालय, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिद्वार प्रसाद जैसवालले बताए । ब्यवस्थापन समितिका अध्यक्ष हरिद्धार जैसवालले भने, तीनजनाले हामी आफैले ३/४ नं. थप्न मिल्छ भनेर मलाई झुक्याए अनि २ जनालाई पास गराइ दोश्रो परीक्षा सञ्चालन गरे अनि कापी चेक गर्दा शालीकरामलाई आफै उनिहरू नम्बर दिइ धाँधली गरे अनि म परिक्षा छाडेर हिँडे ।

७ जना शिक्षकका लागि प्रतिस्पर्धी मध्येका एक मुनिव प्रसाद यादवले शिक्षकको बिज्ञापन २/२ पटक हुनु त्यहीँबाट आशंका रहेको बताउँछन् । लिलाराम न्यौपाने माविमा परीक्षा तोकिएको थियो ७ जना मध्ये परिक्षा दिँदा पहिलो पत्र र दोश्रो पत्र थियो पहिलोमा ७ जना सहभागी हुँदा ५ जना हामी फेल भयौँ २ जना पास भए यादव भन्छन्, दोश्रो पत्रमा शालीकराम ज्ञवालीको ५० उत्तीर्णांक कम भएको छ अपुगलाई पुर्याउनका लागि शिक्षा शाखाका विद्यालय निरिक्षक जानवी पाण्डे, विषय विषेशज्ञ मेघराज शर्मा र विद्यालयका प्र.अ. दुर्गा पाण्डे ३ जनाको मिलोमतोमा आफै प्रश्नको उत्तर दिई ५१ पुर्याइ पास गराएको आरोप लगाए ।

यो अनियमितता भएको छ निष्पक्ष हुनुपर्छ भन्ने मेरो माग रहेको छ राती रातीसम्म किन परीक्षा गराइयो राती ११ बजे परिक्षा सकेर उहाँहरू किन जानुभयो यादवले प्रश्न गरे । विद्यालयका प्रधानाध्यापक दुर्गा पाण्डेले यो विषयमा प्रश्न गर्दा उत्तर नदिने बताइन । हामीलाई गफ गर्ने समय छैन भन्दै पाण्डे बोल्न चाहिनन्। विषय विज्ञ मेघनाथ शर्माले अबेला जानकारी भएको बताउँदै धेरै समय लागेको बताउँदै ४ बजे सुरु गरेको ७ बजेसम्म परीक्षा चलेको, पेपर चेक गर्दा २ जनामा १ जनाले केही गरेको देखिएको पाइएपछि एउटा पास एउटा फेल हुने भयो भन्दा ८ बजेको थियो । दोश्रो पत्रमा १ जना पास र अर्को फेल हुने भएपछि अध्यक्ष निस्कीएको बताए । शर्माले भने–अन्तर्बार्तामा अध्यक्ष चाहियो भन्ने कुरा भयो अध्यक्षलाई फोन गर्दा सम्पर्क हुन सकेन पछि अध्यक्ष नआउने कुरा भयो । अध्यक्ष नआउने भएपछि टुंगोमा लाग्न नसकेको बताए ।

सिद्धार्थनगर नगरपालिकाका शिक्षा प्रमुख चेतनशील लम्सालले पहिलो पेपरमा २ जना मात्रै पास भएकोमा अध्यक्षले भनेको मान्छे नभएपछि अध्यक्ष हिँडेको बताए । २ जना प्रतिस्पर्धी मध्ये १ जना ज्ञवाली थरका १ जना कहार थरका थिए जाँच्ने क्रममा अध्यक्ष हिँडेपछि बिचमै रोकिएको बताउँदै लम्सालले भने, ब्यवस्थापनको अध्यक्ष छनौट समितिको अध्यक्ष हुन्छ ३ जनाको छनौट समितिमा अध्यक्ष हिँड्नुभयो । विद्यालयमा शिक्षक छनौटमा आशंका भए सबै सुरक्षाका लागि प्रहरी कार्यालयमा लाह छाप लगाएर बुझाएको उनले बताए ।

रूपन्देहीको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख माधव बञ्जाडेले समग्र ब्यवस्थापन नगरपालिकाले गरेको बताए । हामीले बिज्ञको लिस्ट तयार पारिदिने त्यसपछाडि २ जना विज्ञ तोकिदिने काम गछौँ अरू सबै स्थानीय तहले गर्नुहुन्छ । उप सचिव सर नै हुनुहुन्छ फर्मल्ली मकहाँ यो विवाद आइपुगेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?