ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

नेपालगञ्ज उद्योग बाणिज्य संघमा अब कस्को नेतृत्व ?

रौनियार कि धामी ?
२० श्रावण २०८०, शनिबार
२० श्रावण २०८०, शनिबार

बाँके २० साउन । आगामी भदौ २ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक र समावेशी प्यानलले आफ्ना उम्मेदवार दर्ता गराएका छन् । शुक्रवार उम्मेदवार दर्तासंगै संघको निर्वाचन गतिबिधि तिव्ररूपमा अघि बढेको छ ।
साझा प्रजातान्त्रिक प्यानलको तर्फबाट अध्यक्षमा ललित कुमार रौनियार, वाणिज्य उपाध्यक्षमा बिष्णुप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा मो सफिक बेहना, महिला उपाध्यक्षमा करिष्मा योगी, महासचिवमा टंकप्रशाद शर्मा, उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खन धामीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै सदस्यमा शिव प्रसाद दाहाल, सन्तोष कुमार पौडेल, विवेककुमार श्रेष्ठ, सुनिल भण्डारी,यूवराज ढकाल,प्रमोद कुमार अग्रवाल,पदम श्रेष्ठ,कैफुल वरा जोलाहा,अतुल कुमार गुप्ता हल्वाई (भाईजी) र बल बहादुर बिष्ट (बबी) रहेका छन् । एशोसिएट सदस्यमा प्रदीप कुमार गुप्ता,पुरुषोत्तम अग्रवाल रहेका छन् । उम्मेदवारी घोषणाको कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार रौनियारले आर्थिक संकटका समयमा व्यवसायीका पक्षमा उभिने हक्की स्वभावको नेतृत्व व्यवसायीले खोजिरहेको बताए ।

उनले भने,–‘अहिलेको आर्थिक संकट समाधानका पक्षमा दृडतापूर्वक कुरा राख्ने नेतृत्व व्यवसायी साथीहरूले खोजिरहनुभएको छ । त्यो नेतृत्वदायी अभिभावकत्वको लागि मेरो उम्मेदवारी हो । म कुरा चपाएर गर्ने मान्छे होइन,जहाँ व्यवसायीलाई अफ्ठ्यारो पर्छ त्यहाँ हाजिर हुने मान्छे हो ।’ बिगतमा समेत उम्मेदवारी दिएर पराजित भइसकेका रौनियारले यसपटक आफुलाई सहानुभुती मत प्राप्त हुने आशा राखेका छन् । उनी भन्छन्,–‘मलाई यसपटक व्यवसायी साथीहरूले निरास बनाउनुहुने छैन ।’ समावेशी प्यानलले टंक धामीको नेतृत्वको आफ्ना उम्मेदवार घोषणा गर्दै आगामी निर्वाचनमा बिजय बनाएर संघका कस्ता सुधारका कार्यक्रम गर्ने भन्ने बिषय समेटिएको घोषणापत्र सार्वजनिक गरे ।

धामीको नेतृत्वमा उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी ओली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भिम रानाभाट, उपमहासचिवमा मदनराज शर्मा,कोषाध्यक्षमा सलाउद्धिन जसगढ उम्मेदवार छन् । त्यस्तै सदस्यमा इन्दिराकुमारी शाही, तोपबहादुर थापा, बिष्णु श्रेष्ठ, बुद्धिबहादुर दियाली, सुदन केसी, शिवराज वर्मा, धर्मन्द्रसिंह ठटेर, टीकामणि उपाध्याय, डम्बर चन्द, जमालुद्धिन अन्सारी उम्मेदवार छन् भने कमल कार्की, राजीव तलङ्गा एशोसियट तर्फको उम्मेदवार छन् ।

उम्मेदवारी घोषणामा बोल्दै अध्यक्ष पदका उम्मेदवार टंकबहादुर धामीले ‘व्यवसायीका पक्षमा रातदिन नभनी खटिने’ नेतृत्वकारूपमा आफुलाई निर्वाचित गर्न अनुरोध गरे । आफु बिगतमा समेत व्यवसायीका पक्षमा कम्मर कसेर लागेको बताउँदै उनले भने,–‘हिजो जसरी व्यवसायीका पक्षमा लागे नेतृत्वमा पुग्दा पनि व्यवसायीकक्षेत्रको हकहितका पक्षमा लाग्छु । व्यवसायीले भोग्नुपरेका कयौं समस्या समाधानका लागि संघलाई परिचालित गर्छु ।’ अध्यक्ष पदका उम्मेदवार धामीले नेपालगन्जको विकासका पनि अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?