© २०२३
गुल्मी, ९ साउन । लगातारको वर्षाका कारण पहिरो जाँदा गुल्मीमा एक व्यक्तिको घर पहिरोले पुरिदिएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण रेसुङ्गा नगरपालिका १० अन्र्तगत सिमिचौरको बाँसखर्क निवासी ४५ वर्षीय धन बहादुर बिकको कच्ची घर मंगलबार बिहान पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
विकको एक तले कच्चि घर माथिबाट झरेको पहिरोको कारण घरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले बताए । पहिरोले घरमा क्षती पुराएपनि घरमा रहेका परिवारहरु भने सकुसल रहेकोे प्रहरीले जनाएको छ । पहिरोले घरमा क्षती पुराएपछि अहिले विकका सात जना परिवारहरु भने विस्थापित बनेको र उनीहरुले छिमेकिको घरमा आश्रय लिन बाध्य भएका छन् ।