© २०२३
बुटवल,९ साउन । बुटवलको तिनाउ र दानव नदीमा फसेका दुईजनाको उद्धार गरिएको छ ।
बुटवल मजुवास्थित तिनाउ नदिको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा, दानव नदीमा फसेका बुटवल १४ कैलाशनगरका जनक घर्तीलाई सशस्त्र प्रहरी,नगर प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको हो ।
तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उद्दश्य वा खोला हेर्ने उद्दश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनले नदी किनारमा विपदको टोली र नगरप्रहरी खटाएर सावधानी अपनाईएको बताए। नदी किनार क्षेत्रमा नगर प्रहरीले माईकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ।