© २०२३
बर्दघाट, ३ साउन । नेपालका कुशल भुर्तेलले युएइ (ए) को ब्याटिङ्ग लाइन अप धराशायी बनाएसँगै एसीसी इमर्जिङ्ग कपमा नेपालले १ सय ५८ रनको सामान्य लक्ष्य पाएको छ । श्रीलँकामा जारी प्रतियोगिताको तेश्रो तथा अन्तिम खेल नेपालले युएइ विरुद्ध खेलिरहेको छ ।
पहिले ब्याटिङ्ग गरेको युएइ (ए) ले निर्धारित ५० ओभरको खेलमा ४४ खेल्दै सबै विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले कसिलो बलिङ्ग गर्दै १० ओभरमा ४० रन खर्चदै ६ विकेट लिएका थिए । नेपालको लागि ओपनिङ्ग ब्याटरको भूमिका निभाउँदै आएका भूर्तेलले खेल जिवनमै पहिलो पटक ६ विकेट लिएका थिए ।
सुरुदेखी नै दवावमा रहेको युएइ ए को लागि ओपनर लवप्रित सिँहले ५२ रनको अर्धसतकिय पारी बाहेक अन्य ब्याटरको प्रदर्शन कमजोर रह्यो । इथन डिसुजा १८, अशवन्त भेलथापा १६ र आर्यान्स शर्माले १४, जस ग्यायनानीले १३ बाहेक अन्य ब्याटरले दोहोरो अँक समेत जोडन सकेनन । युएइ (ए) लाई सस्तैमा धराशायी बनाउने क्रममा नेपालका मौसम ढकालले २, कुशल मल्ल र पवन सर्राफले समान १–१ विकेट लिएका थिए ।