Butwal Today

कोशी प्रदेश समन्वय परिषद् कतारको पाचौं अधिवेशनको तयारी तीब्र

७ मंसिर २०८३, सोमबार
अ
अ+
अ-

दोहा, कतार ।

कतारमा स्थापित कोशी प्रदेश समन्वय परिषद् कतारले पाँचौँ अधिवेशन तथा नवौँ स्थापना दिवसको तयारी तीब्र पारेको छ। परिषद् र मातहतका विभिन्न जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा आगामी २७ नोभेम्बर २०२६ मा हुने अधिवेशन तथा स्थापना दिवसको तयारी तीब्र पारिएको परिषद्ले जनाएको छ।

परिषद्का अध्यक्ष रुद्र शर्माले कतारमा रहेका कोशी प्रदेशका नेपाली श्रमिकहरूका समस्या समाधानका लागि परिषद्ले विभिन्न संघसंस्थासँग समन्वय गर्दै आएको बताएका छन्।

उनका अनुसार अधिवेशनबाट कतारमा रहेका नेपालीहरूको हकहित, अधिकार तथा संरक्षणका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने नयाँ नेतृत्व चयन गर्ने तयारी भइरहेको छ। यसका लागि प्रदेश मातहतका जिल्ला संस्थाहरूसँग समन्वय र छलफललाई तीव्र बनाइएको उनले जानकारी दिए।

कतारमा क्रियाशील विभिन्न सामाजिक संघ संस्थाहरुसँग सहकार्य गर्दै सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने र संस्थाको आगामी कार्यदिशालाई व्यवस्थित गर्ने उद्देश्य अधिवेशनले राखेको अध्यक्ष शर्माको भनाई छ ।

अधिवेशनमा कतारस्थित नेपाली समुदायका प्रतिनिधि, विभिन्न प्रदेशका पदाधिकारी, सामाजिक अभियन्ता, कलाकार तथा पत्रकारहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

कतारको प्लाजा मलस्थित मेसक्याफे रेस्टुरेन्टको सभाहलमा आयोजना हुने अधिवेशनको कार्यक्रम बिहान ११ बजेदेखि सुचारु हुने कार्यतालिका रहेको छ । परिषद्ले कतारमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई अधिवेशन तथा नवौँ स्थापना दिवस सफल बनाउन आग्रह समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?