© २०२३
उसको एउटा सहयात्री थियो । अर्थात् लोग्ने मान्छे ।
मानौ उसको नाम लोग्ने ।
ऊ अर्थात् स्वास्नी मान्छे ! मानौं उसको नाम स्वास्नी ।
दुबैको गन्तव्य एउटै थियो भन्ने सोंचेकी थिई उसले ।
गन्तव्य प्रेमको । गन्तव्य सहयात्राको । गन्तव्य विश्वासको ।
त्यो गन्तव्यमा पुग्नका लागि उसले लोग्नेमान्छेको गतिमा गति
मिलाएकी थिई । मनको वीणाबाट निकालेको प्रेमको सङ्गीतमा
लोग्नेका लागि उसले आफ्नो भावनाको गीत मिसाइदिएकी थिई ।
लोग्नेलाई जीवनभरि पछ्याउन चाहन्थी ऊ । र, लोग्नेले पनि
उसलाई जीवनभरि पछ्याओस् भन्ने चाहन्थी । तर राख्न सकिन
उसले लोग्नेका पाइतलाका डोबहरुमा आफ्ना पैतालाहरु ! कता
कता चिप्लिरहन्थ्यो लोग्नेका पाइतलाहरु पनि । अतः लोग्नेले पनि
चाल्न सकेन आफ्ना अस्थिर पाइलाहरु उसका स्थिर पैतालाका
डोबहरुमा !
ऊ एकाकार हुन चाहन्थी लोग्नेसँग । बिलाउन चाहन्थी ऊ
लोग्ने भित्र । सँधै सँधै लोग्नेको मनलाई छुन चाहन्थी । सँधै सँधै
लोग्नेको तनलाई छुन चाहन्थी । तर छुन सकिन उसले लोग्नेको
अस्थिर मनलाई । छुन सकेन लोग्नेले पनि स्वास्नीको उत्सर्गित
मनलाई ! उत्सर्गित प्रेमलाई ।
लोग्नेको प्रस्तावमा, उसकै याचनामा, उसलाई माया गरेर, सबै सबै
छोडेर एकै ठाउँबाट एकै पटक हिँडेकी थिई ऊ, लोग्नेसँग प्रेमको
यात्रामा ! तर उसलाई आज यस्तो लाग्दै छ, सँगसँगै हिँडे पनि
हिँडेका रहेनछन् उनीहरु एउटै बाटोमा ! एउटै चालमा । प्रेमको
उत्ताल छालमा ।
उफ ! यो कत्रो भ्रम ? यो कस्तो नियति !
अचानक उसको विचारमा जीवनको ज्यामितीय जटिलताले फणा
उठायो । उसले ज्यामितिमा पढेको समानान्तर रेखाको अवधारणा
सम्झी । करोडौं माइलसम्म वा भनौं ‘इन्फिनिटी’ सम्मै तान्दै गएपनि
समानान्तर रेखाहरुले एक अर्कालाई कहाँ भेट्छन् र ? लोग्नेसँगको
प्रेम यात्रामा सँगै निस्किएकी छु भन्ठाने की ऊ र लोग्ने खासमा के
एउटै बाटोका यात्री थिए ? प्रेमको यात्रामा एउटै बाटोमा सँगसँगै
हिँडिरहेका छौं भन्ठाने पनि कहीँ उनीहरु समानान्तर बाटोमा त
हिँडिरहेका थिएनन् ?
उसको अनुहारमा मानौं पीडाको गहिरो सागर छचल्कियो । उसले
सो चीं– सँगसँगै हिँडे पनि शायद लो ग्ने दायाँ बाटो मा हिँडिरहे का
थियो । शायद ऊ बायाँ बाटो मा हिँडिरहे की थिई । के ती श्रापित
समानान्तर बाटो मा हिँडिरहेका थिए ? उसलाई लाग्छ, शायद ती
समानान्तर बाटामा नै हिँडिरहेका थिए ।
उनीहरु समानान्तर बाटो मा हिँडिरहेका थिए भने घाम झुल्के पछि
र घाम डुब्नु अघिका घमाइला दिनहरूमा पनि ती हिँडे हो लान् ।
जून उदाएपछि र जून हराउनु अघिको शुक्ल पक्षको रातहरूमा पनि
हिँडे हो लान् ती । अनि एकै छिन नै सही, तिनका छायाहरूले एक
अर्कालाई जरुर अँगाले का थिए हो लान् । कृष्णपक्षको रातमा त
तिनका छायाँहरू एकापसमा विलिन भएर एकार्कालाई जरुर माया
गरे का थिए हो लान् ।
उसले नीरव शून्यलाई मौ न प्रश्न गरी–“यति लामो यात्रा हिँडे पछि
अचानक लो ग्ने हिँडिरहे को बाटो मा कहाँबाट मिसिन आइपुग्यो त्यो
कल्पनातीत बाटो ? र, निमे षभरमै , आँखा छलेर कसरी मो डियो ऊ
दायाँतिर छोडेर मलाई एक्लै यो बाटोमा ?”
कुनै उत्तर छै न । मात्र प्रश्नहरू छन् तँछाड, मछाड गरिरहेका ।
हिँडिरहेको बाटोमा अचानक नयाँ दोबाटो मिसिन आइपुगेपछि
कमसे कम एक्कै छिन त रोकिनु पर्ने थियो लोग्ने ! अडिनु पर्ने
थियो टक्क त्यही दोबाटा मा ! केहीबरे त हेर्नु पर्ने थियो सहयात्री
स्वास्नीलाई, मायालु नजरले ! त्यही हेराइबाट खन्याउनु पर्ने थियो,
स्वास्नीमाथि एकै चोटि जुनीभरिलाई पुग्ने सारा माया !
हल्लाएर आफ्ना हातहरु माग्नु पर्ने थियो स्वास्नीसँग बिदा ! तर
किन चोरजस्तै चुपचाप छोडिगयो लोग्नेले उसलाई ?
उसलाई छोडेर लोग्ने यसरी गयो जसरी सपनामा जान्छ कोही ।
यसरी गयो जसरी सारा सपनाहरु लुटेर जान्छ को ही । यसरी गयो
जसरी भुइँचालो छोडेर जान्छ को ही । ऊ त यसरी गयो जसरी
कसैको छातीमा ज्वारभाटा उठाएर जान्छ कोही ।
लोग्ने गयो । स्वास्नीका लागि सत्य त्यही हो । लोग्नेका लागि पनि
सत्य त्यही ! उसले आँखा झिमिक्क गरी नभ्याउँदै गै गयो लोग्ने ।
उसका आँखामा लोग्नेले छोडिगएका आँसुको पोखरीले हो कि,
दुर दूर क्षितिजसम्म पनि देखिरहेकी छैन ऊ लोग्नेलाई !
तर माया त माया हो ! एउटा मोहपाश, एउटा तिर्सना, एउटा भोक,
एउटा अतृप्ति ! स्वास्नी आफू जन्मिएकै लोग्नेलाई माया गर्न हो
भन्ने भ्रमबाट मुक्त हुन सक्दिन । त्यसैले ऊ कामना गरिहेकी छे –
लोग्ने हिँडिरहेको नयाँ बाटो भ्रमको बाटो नहोस् ! ऊ हिँडिरहेको
बाटो जीवनको बाटो होस् । उसको खुट्टामा ठेस नलागोस्, काँडा
नबिझोस् । लागेछ भने पनि ठेस, बिझेछ भने पनि काँडा, उसले
बुझोस्– जिन्दगीका बाटाहरु त्यस्तै हुन्छन् ।
जीवन भनेको ठेस लाग्नु पनि हो, काँडा बिझ्नु पनि हो ।
लोग्ने कहाँ पुग्यो, अन्जान छे ऊ । ऊ त मानौं जडवत् त्यही
उभिइरहेकी छे, छक्कयाएर उसलाई जहाँबाट लोग्ने छुट्टिएको
थियो ऊ बाट । टाढा भएको थियो ऊ बाट ।
कुनै बेला लोग्नेले गुलाफको फूल फक्रेको देख्ने उसका गालाहरु
चुडिएको गुलाफकै पत्रदलहरुजस्तै ओइलाएका छन । शान्त
ताल देखेर लोग्ने डुबी बस्ने उसका आँखाहरु आज पीडाको सागर
भएका छन् । लोग्नेको अँगालोमा बाँधिएको समय आज समयको
प्रवाहमा बगेर कहाँ पुग्यो, उसलाई केही थाहा छैन । अब कहाँ
फर्काउन सक्छे ऊ आफ्नो त्यो उमेर र समयलाई ? कसरी फर्काउन
सक्छे प्रेमको यात्रालाई पछाडि ?
लोग्नेले छोडेर गए पनि उसलाई त्यो बाटो मा हिँड्नु नै छ । एक्लै
भए पनि हिँड्नु नै छ त्यही बाटोमा । प्रेमको त्यही बाटोमा ।
त्यागको त्यही बाटोमा । आसक्ति र मोहको त्यही बाटोमा । त्यो
बाटो जीवनको बाटो होस् या मृत्युको, भ्रमको होस् वा सत्यको ,
प्रेमको होस् वा पीडाको, उसले त हिँड्नु नै छ त्यो बाटो एक्लै ।
निरुद्देश्य नै सही मायाको तिर्सनाले तड्पिएर हिँड्नु नै छ त्यो
बाटो ।
एक्लै, बिलकुल एक्लै भएर पनि हिँड्नु नै छ त्यो बाटो ।
उसले सम्झिई गुरुदेवको भजन–“एक्ला चलो, एक्ला चलो ,
एक्ला चलो, एक्ला चलो रे !”
थाहा छै न उसलाई, उप्रान्त लोग्ने बिनाको अधुरो त्यो यात्रा कति
कष्टकर हुने छ उसका लागि ! तर त्यो यात्रा त्यसै छोड्नलाई
हिँडेकी थिइन नि ऊ ! सोच्छे – एक्लै भएर पनि एक्ली हुने छै न ऊ ।
ऊ सँग लोग्नेका अनन्त स्मृतिहरु हुने छन् ।
ऊसँग लोग्नेले छोडी हिँडेको चिरपरिचित त्यो समानान्तर बाटो
हुने छ ।
सोच्छे –एक्लो, एकदमै एक्लो त विचरा उसको छायाँ पो हुने छ !
उसको छायाँलाई ओभरल्याप गर्ने लोग्नेको छायाँ हुने छैन अब उसँग ।
बिलकुलै एक्लो हुने छ, एउटी स्वास्नीको छायाँ ।