© २०२३
सर्बप्रथमत : विकास भनेको के हो ? भन्ने कुराको प्रतीत हनु नितान्त आवश्यक छ । देश, संस्था आदिको विकासको गति बृद्धि, भौतिकरुपमा हुने निर्माणको कार्य हो । विकास भन्नाले निरन्तर चलिरहने प्रक्रिया पनि हो । जनताहरु बाटो, पानी, बिद्यालय आदिको विकास कार्यमा जुट्नु भन्ने पनि जनाउँछ । विकास र वित्तबीच अन्योन्याश्रित सम्वन्ध छ ।
कुनै वस्तु भवन आदिको निर्माण तथा विकासका लागि आवश्यक हुने सामाग्री, उपकरण र सुविधालाई पनि मान्न सकिन्छ । भ्रष्ट्राचार भन्नाले बिग्रेको वा पतित आचरण, दूषित व्यवहार अनुचित ढंगबाट आर्थिक हिनामिना गर्ने काम, अख्तियार दुरुपयोग गरी आफू वा अन्यलाई फाईदा हुने गरी गरिने गतिविधि, घुसखोरी आदिलाई जनाउँदछ । भ्रष्ट आचरण भएका व्यक्ति, चारित्रिक र नैतिक दृष्टिले पतित भ्रष्ट आदि हुन् । भ्रष्टाचार गर्ने व्यक्ति, आर्थिक हिनामिना गर्ने व्यक्ति वा अख्तियारको दुरुपयोग गर्ने, घुसखोर पनि हो ।
क) भ्रष्टाचारको पृष्ठभूमि : भ्रष्टाचारको सुरुवात एशिया महादेश लगायत अन्य अर्धविकसित राष्ट्रहरुबाट भएको पाईन्छ । नेपालको सन्दर्भमा भ्रष्टाचार सदियौंदेखि हुदै आईरहेको भन्ने कुराको आभास हुन्छ र प्राचीनकालमा केही राजा महाराजाहरु पनि यसबाट अछुतो हुन सकेनन् । त्यतिबेला जनताहरु उनीहरुले जे भन्यो त्यसलाई नै अनुशरण गर्नुपर्दथ्र्यो ।
राणा शासनमा राणाहरुले आफू खुशी सम्पत्ति कमाउन जनतामाथि शोषण र अन्याय अत्याचार गर्ने गराउने गर्दथे । त्यसबेलाका हुक्के नै राणाका बिचौलिया भएर कार्य गर्दथे । त्यसबेलाको हुकुमी शासनले जनता चुगरे र बोल्न सक्दनथे । राणा शासनको बिरोधमा कुनै पनि व्यक्ति बोल्यो कि उसले ज्यानको बाजी अर्थात् मृत्यु शैयामा जानुपर्दथ्यो । जनताहरुबाट उपार्जन गरेका तिरो वा रकमहरु राणाकै स्वामित्वमा दाखिल हुन्थे । हुँदाहुँदा आर्थिक अनियमितता चरम सीमामा पुग्यो । तर, केही उदारवादी राणा शासकहरु पनि थिए ।
जसको परिणाम स्वरुप चन्द्र हस्पिटल, दरबार हाईस्कूल र ठूला–ठूला महलहरु निर्माण गरी दिए । भनिन्छ कि त्यसबेला बनेका स्मारकहरु अद्यावधि छन् । सिंहदरबारमा करिव १२०० भन्दा बढि कोठाहरु बनाईएको थियो । कीर्तिनीधि बिष्ट प्रधानमन्त्री भएको समयमा दुःखद रुपमा त्यो भवनको आगलागी भएर क्षतविक्षित भयो र केही हिस्सा अवशेषको रुपमा रहन गयो । यावत कुराले के जनाउँछ भने भ्रष्टाचार कै कारणले उक्त दुर्घटना भएको थियो । त्यसबेलाका दुर्गन्धित भ्रष्टाचारको फाईलहरु जलाएर नष्ट गरिए । जसका परिणामस्वरुप नैतिकताको कारणबाट तत्कालिन समयका प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजीनामा दिए । यो पनि एउटा सुन्दर पक्ष हो ।
पञ्चायतकालमा मन्त्रीमण्डल देश र जनताहरुप्रति बफादार र राजाप्रति जवाफदेही थिए । राजादेखि सम्पूर्ण मन्त्रीमण्डल थरथर काप्थे र एउटा अनुशासनका पालना हुन्थ्यो । हामीले तीतो यथार्थतालाई अभिव्यक्त गर्नु डराउनु हुँदैन । बहुदल वा लोकतान्त्रिक पद्धति आएको झण्डै पञ्चायतले शासन गरेकोभन्दा बढि शासन गरेका छन् । तर विकास जति हुनपर्ने हो त्यति भएको छैन । यहाँ त नेताले कार्यकर्तालाई पाल्ने अनि विध्वंश मच्चाउने । त्यसबेला यस्तो आर्थिक भार पर्दैनन्यो । अहिले त चुनाव यति खर्चिलो भयो कि त्यो सम्हाल्न नसकिने भयो । मन्त्रीमण्डलमा सम्बन्धित मन्त्रीले भ्रष्टाचार गर्दा संसद र प्र.म. मुखदर्शक भएर बस्दछन् । आज जनता दिग्भ्रमित भएका छन् ।
ख) भ्रष्ट्राचारप्रति जनताको दृष्टिकोण : भ्रष्टाचारदेखि नेपाली जनता आजित भएका छन् । म एक स्वाधिन राष्ट्रको रखवार भएको नाताले के भन्न चाहन्छु भने नेपाली जनताले तिरेको महसुल उचित वा समुचित मात्रामा लागू भएको छ कि छैन त्यसको अनुगमन गर्ने बेला आएको छ । आज जे जति नेताहरुको सम्पत्ति छ त्यसको परिमेय गर्नुपर्दछ । यसको जवाफदेही अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र महालेखा परीक्षक हुनुपर्दछ । यति सानो राष्ट्रका हामी गरीब र पीडित जनताले दुःखपूर्वक कमाएको सम्पत्ति माथि गिद्धेनजर लगाउँछ ।
सरकारले हामी रुपन्देही जिल्लामा बसेका नागरिकले के कति दुःखको अनुभुति गरेका छौ । राष्ट्रबाट अहिले पञ्चायतकालमा स्थापना गरिएका कलकारखाना गुन्द्रुकको भाउमा बिचौलियालाई सुम्पियो । शोषित पीडित जनसमुदायले कुनै प्रकारको राज्यबाट सुविधाको उपभोग गर्न पाएका छैनन् । विकास र निर्माणका कामहरु भएनन् । राष्ट्रको ढुकुटी सारा नेता र केही कार्यकर्ताले उपयोग गरे । त्यसमा घाम जत्तिकै छलङ्ग छ ।
ग) घुसखोरीको अनियमितता : नेपाल सरकारले अत्यधिक मात्रामा भएको अरबको साँठगाठलाई पुर्नमूल्याङ्कन गर्न सकेको छैन । साना व्यापारीहरुलाई भन्सारमा चर्को महसुल लिने गरिन्छ भने भन्सारमा बडे –बडे व्यापारीलाई प्रलोभनको आधारमा छुट दिईन्छ । नेपालका जे जति भन्सारका नाकाहरु छन् ती सबै तल्ला तहदेखि माथिल्ला तहसम्म पारितोषिकको रुपमा अंश लगाईन्छ । यो भन्दा बिडम्बनाको कुरा के हुन सक्छ । बिदेशीसंग साँठगाँठ गरेर यहाँका क्षमताशील र सक्षम ठेकेदारलाई परित्याग गरिन्छ । त्यहाँ पनि बिचौलियाको खेल हुन्छ । अहिले त राजनीतिलाई सेवाको भावनाले ओतप्रोत भएको छैन कि अर्थ उपार्जन गर्ने माध्यमको रुपमा इंगित गरिन्छ । पार्टीले निर्वाचनमा उठ्ने उम्मेदबारको छनौटमा पनि कसले बढि आर्थिक लाभ प्रदान गर्न सक्छ त्यसलाई नै टिकट दिईन्छ । यस्तो भएपछि के देशले बिकासको फड्को मार्छ ?
घ) साँस्कृतिक र सामाजिक भ्रष्टाचार : साँस्कृतिक र सामाजिक भ्रष्टाचार भन्नाले समाजमा देखापरेका बिकृति र बिसंगतिलाई जनाउँछ । हाम्रो समाजमा बिदेशी सँस्कृतिको कुप्रभाव परेको छ । हाम्रा कला संस्कृति दिनानुदिन बिदेशिएका छन । बिदेशी मित्रहरुको आगमन नेपाल सम्पन्नशाली भएर होइन । यहाँको मनोरम दृश्य, प्राकृतिक छटा र यहाँको बोली बचन रहनसहनलाई देखेर नै हो ।
यहाँको पूर्वजहरुले आफ्नो बाहुबलले भ्याएसम्म कला संस्कृतिको जगेर्ना गरे । तर आज आएर युवा र जनशक्ति बिदेशीको नक्कल गरेर बिदेश पलायन भएका छन । यसमा सरकारको भ्रष्टाचारको कुटिल चालले गर्दा नै हो । हामीले आफ्नोपनको नैतिक शिक्षालाई परित्याग गरेर बाहिरी तर्फको हावभावलाई अनुशरण गरिएको छ । यो पनि सांस्कृतिक र सामाजिक भ्रष्टाचार हो ।
ङ) बिचौलियाको बढदो प्रभाव : नेपाल जस्तो सानो र अबिकसित मुलुकले कुनै पनि घरायसी कामदेखि सरकारी र अन्य क्षेत्रको कार्य गर्न गराउन बिचौलियाको साथ लिनपर्दछ । स्वास्थ्य जस्तो सेवामूलक ठाउँमा भ्रष्टाचार हुनु त्यस्तै अफिस कर कार्यालय आदिमा उनीहरुको चलखेल बढी छ । जति पनि सरकार आए ती सबैमा बिचौलियाको प्रभाव परेको हुन्छ ।
यिनीहरु बेगर कुनै पनि कुराको समाधान हुन सक्दैन । सरकारले बिना लगानीको संस्कार र थीति बसाल्न सकेको छैन । जनताले दुःखको पिडा बोकीरहेका छन् । एउटा नागरिकता बनाउने ठाउँमा आर्थिक चलखेल हुन्छ । यो देश सतिले श्राप दिएको देश हो भनेर जनताले आफ्नो गुनासो पोखेका हुन्छन ।
च) शैक्षिक भ्रष्टाचार : शिक्षा भनेको देखेर, सुनेर, पढेर, सिकेर वा अनुभव गरेर प्राप्त हुने ज्ञान वा सिप हो । बिद्यालय महाबिद्यालय, आदिबाट प्राप्त हुने ज्ञान शिक्षा हो । शिक्षकसंग सम्बन्धित शिक्षाका लागि उपयोगी शिक्षाको गतिबिधि शैक्षिक संस्था, शैक्षिक सामग्री, शैक्षिक भ्रमण, शैक्षिक सत्र र शैक्षिक बर्षसंग सरोकार राख्दछ । नेपालको शिक्षा क्षेत्रको कुरा गर्दा शिक्षाको स्तर एकदमै धरापमा परेको छ । यहाँको हावापानी, माटो, समाज र बिद्यार्थीको क्षमता अनुकूलको शिक्षा भएन ।
बिद्यार्थीलाई कस्तो शिक्षा दिदा उसले ग्रहण गर्छ त्यसप्रति ध्यान दिएको छैन । बिद्यालय अहिले बन्द ब्यापारको रुपमा अध्ययन अध्यापन गराईन्छ । जुन बिद्यार्थी शुल्क दिन सक्षम छ त्यस्तालाई मात्र बिशेष ग्राह्यता दिईन्छ । शिक्षा नीतिहरु सालसालै परिवर्तन गरिन्छ । राज्य सरकारले शिक्षा क्षेत्रमा लगानी गरेर दक्ष जनशक्ति उत्पादन गर्न सकेको छैन ।
सम्पूर्ण शिक्षकहरु त नभनौ आंशिकरुपमा चारित्रिक अनुशासनबिहीन छन् । त्यस्तो भएपछि यस्तो बिकृति सनसनीपूर्ण राष्ट्रभरि तथा अन्तराष्ट्रिय जगतमा फैलिन्छ । आजको शिक्षक केवल पैसासंग बिद्यार्थीलाई परिमेय गरेर पढाउन थाल्छन । केही समय अगाडि बिद्यार्थीको घर घरमा शिक्षक गएर अनुगमन गरिन्थ्यो । जबसम्म स्कुलको संचालक समितिमा योग्य र सक्षम ब्यक्ति भएन भने त्यो बिद्यालय धरासायीमा परिणत हुन्छ । त्यस्तै प्रकारले स्कुल प्रमुख अर्थात प्रधानाध्यापक र शिक्षकहरुको पनि ठूलो या विपूल भूमिका हुन्छ । त्यसैले मेरो भन्नुको मतलव सरकारी स्कुलदेखि बोर्डिङ्ग स्कुलसम्म सुलभ दरमा शुल्क तोकिनुपर्दछ ।
उपसंहार : राज्य सरकारको जवसम्म शिक्षकहरुलाई योग्यता र क्षमताको आधारमा प्रशिक्षण दिईदैन भने सरकारप्रति जनताकोे नकारात्मक सोचको अभिवृद्धि हुन्छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच अन्योन्याश्रित सम्वन्ध छ । त्यस्तो कार्यालयमा तलदेखि माथिसम्म योग्य र सक्षम कर्मचारीको छनौट गर्नुपर्दछ । भ्रष्टाचारी तन्त्रको जरैदेखि निर्मूल पार्नुपर्दछ । लोकसेवा आयोग, न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाको कार्यान्वयन सही र सक्षम ढंगबाट हुनुपर्दछ । न कि पार्टीका छत्रछायाँबाट एक इञ्च पनि नियुक्ति गर्ने अधिकार हुनुहुदैन । पार्टीले ठूलठूला संस्थाका उपल्लो तहको पद वहाली गराउनाले भ्रष्टाचार मौलाएको छ । प्रधामन्त्रीदेखि मन्त्रीहरु नोकरशाही तन्त्रलाई ठूलो निगरानी राख्ने सक्षम र शक्तिशाली संस्था स्थापना गर्नुपर्दछ । अनिमात्र विकासको अवरोधक भ्रष्टाचार हुनेछैन । त्यसमा दुईमत हुनेछैन ।