© २०२३
सल्यान, १९ असार ।
बागचौर नगरपालिकाको वडा नम्बर ३ स्थित खालीमा पहिलोपक बिजुलि बत्ती बलेको छ । बिद्युतको सुविधा प्राप्त भएपछि स्थानीयहरु हर्षित छन् । आफ्नो टोल र घर आँगनमा बिद्युत आए संगै आफुहरु खुसी भएको स्थानीय बिर बहादुर भण्डारीले बताए । सोलार बाट उज्यालो बाल्नु पर्ने,मोबाइल चार्ज गर्न बजार झर्नु पर्ने अवस्थाको अन्त्य भएको उनको भनाइ छ ।
नगरप्रमुख जनकराज गौतमले नगरभित्रका सम्पुर्ण घरधुरीलाई विद्युतको पहुँचमा ल्याउने लक्ष्य सहित आफुहरुले काम गरिरहेको बताए । खाली गाउँमा बिद्युत विस्तार संगै स्थानीयको जनजिविकामा परिवर्तन हुने उनको अपेक्षा छ ।
विद्युत उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिका वडा नं.३ का वडा अध्यक्ष भिमप्रकाश भण्डारीले वडानं.३ का अन्य टोल बस्तीमा संगै खालीमा पनि बिजुलि बत्ति बालिएको बताए छ। उनले बिद्युत लाइन बिस्तार भएका घरहरुमा वाइरिङ गर्न आग्रह गरेको र लाइन बिस्तार नभएका टोलहरुमा छिटै बिस्तार गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बागचौर नगर उप-प्रमुख सुम्निमा डि.सी वली, नेपाली काङ्ग्रेस कर्णाली प्रदेश सह-महामन्त्री एकराज डाँगी, बागचौर नगर प्रवक्ता दिपेेश डि.सी लगायतले बोल्दै बिद्युतको उपयोग गर्दै आर्थिक कृयाकलापलाइ बढावा दिनुपर्ने धारणा राखेका थिए ।