ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

पूर्वी नवलपरासीका स्थानीय तहको बजेट पारित

१४ असार २०८०, बिहीबार
१४ असार २०८०, बिहीबार

नवलपुुर, १४ असार ।

पूर्वी नवलपरासीका चार नगरपालिका र चार गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सभाबाट पारित भएको छ ।

केन्द्र सरकारले बजेट कम दिएपछि यहाँका पालिकाकाले सरकारले प्रदान गर्ने बजेटको तुलनामा ३० प्रतिशत सम्म बढीको बजेट तर्जुमा गरेका छन् । गैंडाकोट नगरपालिका देवचुली, कावासोती र मध्यबिन्दू नगरपालिका र विनयी त्रिवेणी, हुप्सेकोट, वौंदीकाली र बुलिङटार गाउँपालिकाले बिहीबार आर्थिक वर्ष २०८०।०८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित गरेको जनाएका छन् ।

नगरपालिकाले शिक्षालाई निःशुल्क, सर्वशुलभ बनाउँदै लैजाने, स्वास्थ्यको पहुँच हरेक वर्गमा सजिलै पुर्याउने बजेट तर्जुुमा भएको देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए ।

चार नगरपालिका र चार गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को बजेट सार्वजनिक गरी पारित गरेका हुन् । ती स्थानीय तहले चालुु तर्फ ६० देखि ६३ प्रतिशत सम्म र विकास बजेटतर्फ ३७ देखि ४० प्रतिशत बिनियोजन गरेका छन् । देवचुली नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ को लागि रु ९० करोड १२ लाख १८ हजारको बजेट सार्वजनिक गरेको छ । सरकारले रु ५१ करोड र बाँकी खोला ठेक्का करबाट जम्मा हुने गरी बजेट सार्वजनिक गरेको नगरप्रमुख न्यौपानेले बताएका छन् ।

गैंडाकोट नगरपालिकाले रु एक अर्ब एक करोड ४२ लाख ७८ हजारको बजेट सार्वजनिक गरी पारित गरेको छ भने बजेटमा करीब ६८ प्रतिशत चालु र ३२ प्रतिशत विकास बजेट विनियोजन गरिएको प्रमुख अधिकारीले बताए ।

मध्यबिन्दु नगरपालिकाले रु ९० करोड १३ लाख ३६ हजारको बजेट सार्वजनिक गरेको छ । साथै विनयी त्रिवेणी गाउँपालिकाले रु ६७ करोडको बजेट सभा समक्ष पेश गरेको पालिकाका अध्यक्ष घनश्याम गिरीले बताए । कावासोती नगरपालिकाले ९३ करोडको बजेट पारित गरेको छ ।

हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले हुप्सेकोट गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पशुलाई यो वर्ष बजेटमा ठुलो रकम छुट्याएकाले पालिकाले सशर्त अनुदान सहित ५२ करोड ११ लाख ४३ हजारको आयब्ययको बजेट पारित भएको बताए ।

मध्यबिन्दु नगरपालिकाले कृषि र शिक्षा स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै बजेट बिनियोजन गरेका नगरप्रमुख भीमलाल अधिकारीले बताए । बौदीकाली गाउँपालिकाले बाटो निर्माण र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर आगामी वर्षको बजेट पारित गरेको अध्यक्ष प्रकाश ओझाले बताए । पालिकाले झण्डै ४२ करोडको बजेट सार्वजनिक गरेको अध्यक्ष ओझाले जानकारी दिएका छन् ।

बुलिङटार गाउँपालिकाले ४० करोडको बजेट सार्वजनिक गर्दै कृषि, सडक निर्माण, खानेपानी, ढल निकास शिक्षालाई मुख्य प्राथमिकतामा राखेर बजेत पारित गरेको पालिकाका अध्यक्ष दिपेन्द्र सुुनारीले बताए ।

पूर्वी नवलपरासीमा रहेका पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी साथै सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८० ।८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरी सभाबाट पारित गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?