ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

शिवराजमा १ अर्ब २७ कराेड बजेट, महुवाकाे मदिरालाई ब्रान्ड बनाइने

१० असार २०८०, आईतवार
१० असार २०८०, आईतवार
चन्द्राैटा(कपिलवस्तु), १० असार ।
कपिलवस्तुकाे शिवराज नगरपालिकाले बर्ष २०८०/०८१ का लागि १ अर्ब २७ कराेड ८ लाख ५० हजार बजेट सार्वजनिक गरेकाे छ । नगरपालिका उपप्रमुख शिवकुमारी थारुले पालिकाकाे १३औं नगर सभाबाट नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।
स्थानीय समुदायमा प्रचलनमा रहेको महुवाको मदिरा पदार्थलाई व्यवसायीको सहकार्यमा ब्राण्डिङ गर्ने कार्यको लागि आवश्यक रकम विनियोजन गरेको छु,’ नगर उपप्रमुख थारुले भनिन् । नगरप्रमुख अजय थापाले भौतिक पुर्वाधारको विकासलाई निरन्तरता दिने, कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखिएको बताए । नगरलाई पूर्ण सरसफाई अभियान तथा हरियाली प्रवद्र्धन कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको बताए ।
शिक्षालाई मुख्य प्राथमिकता दिने जनाउँदै कृषि अन्तर्गत सिँचाईलाई समेत कार्यक्रममा राखिएको प्रमुख थापाले दावी गरे । नगर प्रमुख थापाले स्थानीय उत्पादनलाई ब्रान्ड बनाउन सकेमा स्थानीयलाई रोजगारी सिर्जना हुने बताए । शिवराजमा महुवाबाट उत्पादन रक्सीलाई विदेश सम्म निर्यात गर्न सकेमा ठूलो उपलब्धि हासिल हुने उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले पालिका दुई ओटा विधेयक पेश गरिएको बताए । आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० पेश गरिएको बताए । आर्थिक विधेयक अन्तर्गत ३ करोड आन्तरिक प्रक्षेपण र विनियोजन विधेयक अन्तर्गत १ अर्ब २७ करोड ८ लाख ५० हजार बजेट रहेको उनले उल्लेख गरे । यस्तै बजेटमध्ये नगर स्तरीय योजनामा ३ करोड ८५ लाख, नगर स्तरीय विविध कार्यक्रम १ करोड, वडा स्तरीय योजना ९ करोड ३५ लाख,सामाजिक विकास तर्फ ५५ लाख, प्रशासनिक तर्फ १२ करोड रकम विनियोजन गरिएको छ ।
बहुवर्षीय क्रमागत कार्यक्रम २ करोड ५३ लाख,समपूरक म्याचिङ २ करोड ६० लाख ,नगर स्तरीय पूर्वाधार विकास १ करोड बजेट विनियोजन भएको छ । शिक्षा तथा खेलकुद ८ करोड ३२ लाख,स्वास्थ्य तर्फ ३ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । नगरले कृषि विकासमा १ करोड ,पशु विकास तर्फ ५० लाख बजेट विनियोजन गरेको छ ।
नगरपालिकाको नीति र कार्यक्रममा निःशुल्क शिक्षा सहित कृषि, पशुपालन र सरसफाइ जस्ता विषय समेटिएका छन् । शैक्षिक सुधार र पर्यटन विकासलाई पनि प्राथमिकतामा राखिएको नगरप्रमुख थापाले बताए । त्यस्तै शिवराज नगरपालिकाले चन्द्रौटा बजारलाई सौन्दर्यीकरण गर्ने भएको छ । नगरपालिकाको मुख्य बजारमा चन्द्रौटालाई व्यवस्थित बनाउनुको साथै बसपार्क निर्माण गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
 नगरसभाबाट नगरपालिकाले पाँच जनालाई सम्मान गरेको छ । सभाको अवसरमा ३ जना पत्रकार र २ जना कर्मचारीलाई नगद सहित सम्मान समेत गरेको छ । सम्मानित हुनेमा पत्रकार सञ्जीव गहतराज, कृष्ण गैरे र माधव बेल्वासे रहेका छन् । त्यस्तै उत्कृष्ट कर्मचारीको रूपमा प्रेम वली र वसन्त महतरालाई नगद सहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?