© २०२३
आजका प्रधानमन्त्री दाहाल पनि कुनै बेला ‘बालेन’ थिए । किनभने उनी मुक्तिको युद्धमा थिए । देशको मुहार फेर्ने अभियानमा थिए । देश र देशवासीको जीवनको गरिमाको खोजीमा थिए । तत्कालीन व्यवस्था, अदालत र संविधानले दाहाललाई पनि बाँधेको थियो । तर पनि उनले अदालतका फैसला र संविधानलाई मानिदिएनन् । कानुन अनुसार नै उनको टाउकाको मूल्य तोकिएको थियो । तर पनि उनी डराएनन् । कालान्तरमा भने उनी डराए । डराए–सत्ता प्राप्तिका लागि । डराए–सत्ता टिकाउनका लागि । डराए–लोक रिझ्याइँका लागि ।
अन्तिम किनारका साधारण मानिसहरु कानुनका ‘नौ सिङ’ जान्दैनन् । दफा र धाराका बहुआयामिक अर्थ लाग्ने शाब्दिक अर्थ जान्दैनन् । तिनले शाब्दिक अर्थमा परिणाम खोज्दैनन् । तिनले खोज्ने भनेको भावात्मक परिणाम हो । त्यो खोज भनेको सामाजिक न्यायको खोज हो । कर्तव्य पूरा गरेवापत राज्यबाट अपेक्षा गर्ने न्यूनतम् मानवीय जीवनको गरिमाको खोज हो । तर न्यायको पनि सुक्रीबिक्री हुने व्यवस्थामा कहिले काँही शब्दहरुले अर्थ गुमाउँछन् । अव्यवस्था उत्पन्न हुँदै जान्छन् । अव्यवस्था अराजकतामा रुपान्तरित हुन्छ । शब्दहरुले शाब्दिक अर्थ गुमाउँदा उत्पन्न हुने अव्यवस्थाभन्दा भावात्मक अर्थ गुमाउँदा उत्पन्न हुने अव्यवस्था डरलाग्दो हुन्छ । हामी त्यही अव्यवस्था भोगिरहेका ‘सार्वभौमसत्ता सम्पन्न’ नागरिक हौ । काठमाण्डौ महानगरका मेयर बालेनले सामाजिक सञ्जाल मार्फत अदालतको एउटा ‘फैसला’ नमान्ने घोषणा गरेपछि त्यसले राजनीतिक वृत्त, मिडिया र जनताका बीचमा एउटा तरङ्ग ल्याएको छ । यो तरङ्गको पक्ष वा विपक्ष जो जहाँ पनि रहन सक्छन् । उनले प्रयोग गरेका भाषा जेजस्तो भए पनि अव्यवस्था, अराजकता र अन्यायको लामो श्रृंखलामा जडवत् भई पोखरी जस्तो बनी बाँचेको देश र समाजमा बेला बेलामा उठ्ने यस्ता तरङ्गहरुले तर्क र तथ्यहरुलाई पर्गेले र जनमत निर्माण गर्ने कुरामा भने दुई मत हुन सक्तैन । जनमत निर्माण गर्नु नेतृत्वको प्राथमिक काम हो । किनभने राजनीतिक दलका अप्रसांगिक भइसकेका नेताहरुले बुझे जस्तो नेतृत्व भनेको चुनाव जितेर सत्तासीन हुने व्यक्ति होइन । अमुक पार्टी खोलेर झण्डा र डण्डा प्रदर्शन गर्ने नेता होइन । हावादारी सपना बेचेर मानिसलाई मूर्ख तुल्याउने चतुर खेलाडी होइन । खोक्रो वा उग्र राष्ट्रवादको मुद्दा उठाएर मानिसको संवेदनासँग खेल्नु नेतृत्वको काम होइन । भीडको राजनीति वा ‘लोकप्रियता’ को राजनीति गर्नु नेतृत्वको काम होइन । नेतृत्वले त मुलुकलाई सकारात्मक र क्रान्तिकारी दिशातिर बदल्ने काम गर्नुपर्दछ । त्यसका लागि हजारौ ंवर्षदेखि सुतिरहेको मुलुकवासीको पुरातन र अकर्मण्य सोचलाई बदल्नुपर्दछ । त्यो सोचलाई बदल्नका लागि बेला बेलामा तरङ्ग उठिरहनुपर्दछ । मेयर बालेनले अहिले त्यही तरङ्ग उठाइदिएका छन् । केही वर्ष अघि जनकपुर साहित्य महोत्सवमा स्वनामधन्य लेखक तथा इन्जिनियर सी.के. लालले भनेका कुरा सम्झन्छु । उनले सोधेका थिए–“कहाँ छ न्यायालय ? इतिहासमा उठेका परिवर्तनका पृष्ठभूमिका हर आँधी बतासमा त्यो मौन शिरोधार्यता थिएन । अनि न साधारण मानिसले मुक्तिको नौला नौला इतिहास रचेका थिए ! आजका प्रधानमन्त्री दाहाल पनि कुनै बेला ‘बालेन’ थिए । किनभने उनी मुक्तिको युद्धमा थिए । देशको मुहार फेर्ने अभियानमा थिए । देश र देशवासीको जीवनको गरिमाको खोजीमा थिए । तत्कालीन व्यवस्था, अदालत र संविधानले दाहाललाई पनि बाँधेको थियो । तर पनि उनले अदालतका फैसला र संविधानलाई मानिदिएनन् । कानुन अनुसार नै उनको टाउकाको मूल्य तोकिएको थियो । तर पनि उनी डराएनन् । कालान्तरमा भने उनी डराए । डराए–सत्ता प्राप्तिका लागि । डराए–सत्ता टिकाउनका लागि । डराए–लोक रिझ्याइँका लागि । त्यसपछि उनी घनघोर व्यवहारवादी भए । त्यसपछि उनी पुष्पकमल दाहाल भए । त्यसपछि उनी ‘बालेन’ रहेनन् । किनभने ‘बालेन’ रहिरहन गाह्रो रहेछ । आजका मेयर बालेन पनि कहिलेसम्म ‘बालेन’ रहिरहने हुन्, भन्न गाह्रो छ । तर ‘बालेन’ हरु त चाहिन्छन् किनभने हजारौ ंवर्षदेखि सुतिरहेकाहरुलाई उठाउन बेला बेलामा भूकम्प–पराकम्पनका झट्काजस्ता तरङ्गहरु उठिरहनुपर्दछ ।