ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

बेलहिया नाका : सय रुपियाँ बढीका सामानमा भन्सार अनिवार्य

२६ जेष्ठ २०८०, शुक्रबार
२६ जेष्ठ २०८०, शुक्रबार

भैरहवा, २६ जेठ ।

उद्योगी व्यवसायीको व्यापक दवावपछि सीमापारी बजार गर्न जाने उपभोक्ताका लागि भन्सार नाकामा कडाई गर्न थालिएको छ ।

भारतीय बजारमा किनमेल गर्न जाने उपभोक्ताका लागि भन्सार तिरेर मात्रै सामान नेपाल भित्र्याउन दिइएको छ । भन्सार पास नगरी सामान नेपाल भित्र्याउँदा स्वदेशी बजार प्रभावित भएको र उपभोक्ताहरु दिनहुँ सुनौलीमा बजार गर्न जाने क्रम बढेपछि प्रशासनले उपभोक्तालाई नाकामा लाइन लगाएरै भन्सार तिराउने व्यवस्था मिलाएको हो ।

घरायशी प्रयोजनका लागि भन्दै दैनिक हजारौं नेपाली उपभोक्ता सीमा पारीको सुनौली, नौतनवा बजारमा किनमेल गर्न जाने गरेका छन् । उनीहरूले बिनाभन्सार मालसामान नेपाल भित्र्याउँदा स्वदेशी बजार प्रभावित भएपछि सीमा नाकामा कडाइ गरिएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बिकले सीमावर्ती बजारबाट किनमेल गरी सामान लिएर फर्केका सबै उपभोक्तालाई लाइन लगाएर भन्सार कार्यालयमा ल्याइ भन्सार तिर्ने वातावरण तयार गरिएको बताए । घरायशी प्रयोजनका नाममा दैनिक हजारौं नेपाली उपभोक्ता सीमापारी पुग्न थालेपछि स्थानीय स्वदेशी बजार ग्राहकको अभावले सुनसान हुँदै जान थालेका छन् । घरायशी प्रयोजनका नाममा बिनाभन्सार भित्रिएका कतिपय सामानको व्यावसायिक कारोबार समेत हुन थालेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।

भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले सीमावर्ती भारतीय बजारमा किनमेल गरेर नेपाल ल्याइएका सम्पूर्ण मालसामानलाई भन्सारको यात्रु शाखा हुँदै महशुल तिराएर मात्रै छाड्न थालिएको बताए । “नाकामा कडाइ गरेर बढी राजश्व संकलन गर्नु भन्दा पनि त्यस खालको प्रवृत्तिलाई निरुत्साहित गर्न यो कदम चालिएको हो”– पौडेलले भने ।

भन्सार शुल्क नतिरी मालसामान भित्रिन नदिन भन्सार नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारी परिचालित छन् । उनीहरूले पारीबाट किनमेल गरी फर्केकालाई भन्सार प्रज्ञापनपत्र कटाएर भन्सार तिराउने गरेका छन् । भन्सार शुल्क तिर्नेको लाइन देखिन थालेको छ । एक सय रुपियाँभन्दा बढी मूल्यका कुनै पनि सामान ल्याउँदा भन्सार महशुल तिर्नुपर्ने कानुनी प्रावधान छ । तर, व्यवहारिक पक्ष भन्दै यसअघि यो नियमको कडाइका साथ कार्यान्वयन गर्ने गरिएको थिएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?