ट्रेंडिंग:

>> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाइ निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल

दाङमा वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला सुरु

१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

दाङ, १९ जेठ ।

घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा तथा रोजगार सेवा केन्द्रको आयोजना र नेपाल सरकार तथा स्वीटजरल्याण्ड सरकारको द्विपक्षीय परियोजना– दिगो तथा सम्मानित रोजगारीका लागि सीप( दोश्रो चरणको सहयोगमा एक दिने वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला दाङको घोराहीमा शुक्रबार आयोजना गरिएको छ । मेलको उदघाटन गर्दै जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले नेपालका युवा रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्नका लागि मेलाले सहयोग गर्ने बताए । उनले रोजगार दिन चाहने र रोजगारलिन चाहनेको बिचमा भेट गर्ने अबसर भएकाले यो कार्यक्रम निकै फलदायी हुने बताए । आफ्नै देशमा रोजगार गर्ने वतावरणको सृजना हुने आशा गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले देशका युवा जनशक्ति अध्ययनपश्चात स्वदेशमा रोजगारी खोज्नु वा उद्योगधन्दा खोल्नका लागि मेला फलदायी हुने बताए । दक्ष जनशक्ति पलायन हुने क्रम रोक्नका लागि बृत्ति मार्गनिर्देशन तथा रोजगार मेलाबाट रोजगारदातालाई आवश्यकताअनुसारको जनशक्ति उपलब्ध हुने बिस्वास रहेको प्रजिअ बैद्यले बताए । रोजगारीकै खोजीमा युवा शक्तिलाई विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्न मद्दत पुग्ने बिस्वास लिएको उनको भनाइ छ ।

मेलामा विद्यार्थी तथा युुवाहरुलाई वृृत्ति परामर्शको सेवा प्रदान गर्ने तथा रोजगारीको खोजीमा रहेका यूवा जनशक्ति र रोजगारदातालाई एकै स्थानमा ल्याई आ–आफ्नो आवश्यकताअनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पु¥याउने घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । प्राविधिक, प्रशासनिक क्षेत्रका व्यक्तिका साथै श्रमिक वर्गको समेत सहभागिता रहने मेलामा उद्योग÷व्यवसायलगायत अन्य क्षेत्रका रोजगारदाताको पनि प्रतिनिधित्व हुने उनले बताए ।

रोजगार मेलामा वृत्तिविकास सम्बन्धी परामर्श सेवा तथा जानकारी दिइने, सीपमूलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिमबारे जानकारी दिइने, रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिम सम्बन्धी जानकारी दिइने, रोजगारको अवसर प्राप्त गर्न सकिने र स्थानीय उत्पादनहरु प्रदर्शनी गरिने कार्य्रक्रम तय भएको नगरप्रमुख चौधरीले जानकारी दिए ।

घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले आफ्नो माटो र घरपरिवारसंँग बसेर काम गर्ने वातावारणको सिर्जना गर्न खोजेको बताइन् । कक्षा ११, १२ को परीक्षा सकेको विद्यार्थी बाहिर जाने सपना नदेखेर यही सीप सिकेर रोजगार गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीले युवा जनशक्ति रोजगारीको लागि भौतारिनु नपर्ने र आफ्नो क्षमता र रुचि अनुसारको रोजगार मिल्ने बताए । कार्यक्रममा घोराही उपमहानगरपलिकाका प्रवक्ता राममणि पाण्डे, उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी लगायतले आफ्नो भनाई राखेका थिए । मेलामा स्थानीय स्तरमा उत्पादन भएका सामग्रीका र रोजगारदाताकागरी ४० स्टलहरु रहेका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?