ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

सिद्धार्थ सञ्जाल रुपन्देही गठन, अध्यक्षमा अनिल ज्ञवाली

११ जेष्ठ २०८०, बिहीबार
११ जेष्ठ २०८०, बिहीबार

भैरहवा, ११ जेठ ।

यस क्षेत्रका विभिन्न समस्याहरुको समाधानका लागि संयुक्त रुपमा आवाज उठाउने उद्देश्यले सिद्धार्थ सञ्जाल, रुपन्देही नामक संस्था गठन गरिएको छ । विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीतामा भैरहवामा बसेको बैठकले अनिल कुमार ज्ञवालीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ, विष्णु प्रसाद शर्मा, संजय बजिमय, महासचिवमा सम्झना शर्मा, कोषाध्यक्षमा सतिश कुमार कौशल (दीपक), सचिवमा सचिन रोक्का र सह–कोषाध्यक्षमा धिरज घिमिरे रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सूर्य कुमार सारु मगर, केशवराज ज्ञवाली, हरिश सेठिया, दीपक के.सी., संजीव रोक्का, चन्द्र बहादुर थापा, नारायण कुंवर, विष्णु प्रसाद खरेल, रविन्द्र शर्मा घिमिरे, किशोर जोशी, राम मिलन यादव, पिताम्बर न्यौपाने, मधु प्रसाद पन्थी, कैलाश गुप्ता, अकरम खान, विष्णु गौतम र श्रीचन्द गुप्ता रहेका छन् ।

बिहीबार सञ्जालको प्रथम बैठक तथा छलफल कार्यक्रम भएको छ । नवगठित समितिको घोषणा गरिएको उक्त बैठकमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले समितिलाई बधाई ज्ञापन गरेका छन् ।

बैठकले सञ्जालको संरक्षकमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, प्रमुख सल्लाहकारमा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, सल्लाहकारमा ओमकार गौचन, खिम बहादुर खत्री र नारायण प्रसाद भण्डारीलाई चयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालनका लागि दबाबमूलक कार्यक्रम गर्न विष्णु प्रसाद शर्माको संयोकजत्वमा उपसमिति गठन गरेको छ । त्यस्तै मधु प्रसाद पन्थीको संयोजकत्वमा विधान मस्यौदा लेखन उपसमिति, सतिश कुमार कौशल (दीपक) को संयोजकत्वमा कोष वृद्धि उपसमिति र संजय बजियमको संयोजकत्वमा बेलहिया–सुनौली स्थलमार्ग समस्या समाधान उपसमिति गठन गरेको सञ्जालकी महासचिव सम्झना शर्माले बताइन् । बैठकले संस्था दर्ता गर्ने र खाता सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खानले समितिको प्रत्येक कदममा आफ्नो र सिद्धार्थनगर नगरपालिकाको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताए । उनले उद्योगी व्यवसायीको समस्या समाधानका लागि साथ र सहयोग रहने बताए ।

सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले यस क्षेत्रमा धेरै संघ–संस्था रहेको र सबैले अलग अलग रुपमा भन्दा सामूहिक रुपमा आवाज उठाउँदा प्रभावकारी हुने बताए । उनले उद्योगी व्यवसायी चौतर्फी मारमा परेको बताए । उनले भने, ‘समग्र रुपन्देहीको विकासका लागि अगाडि बढ्छौं । कसैलाई काखा र पाखा गर्दैनौं । ’

उनले एकढिक्का भएर अघि बढे सम्बन्धित निकायसँग माग पूरा गराउन पनि सहज हुने र यस क्षेत्रको विकासले गति लिने धारणा राखे । उनले संजालको प्रमुख र पहिलो मुद्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालनका लागि दबाब दिने रहेको बताए ।

सिद्धार्थ सञ्जाल रुपन्देहीका उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थललाई चलायमान बनाउनुपर्ने बताए । उनले भने, ‘एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’

‘सबैको साथ, समृद्धि र विकास’ भन्ने मूल नाराकासाथ सिद्धार्थ सञ्जाल, रुपन्देही गठन गरिएको सचिव सचिन रोक्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?