© २०२३
चन्द्रौटा(कपिलवस्तुुु), ८ जेठ ।
गणपति लघुवित्त वित्तीय संस्थाको केन्द्र गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरिएको छ । जिल्लाको शिवराज नगरपालिका –३ अवस्थित संस्थाको खरेन्द्रपुर शाखाले चन्द्रौटामा आइतबार कार्यक्रम गरेको जनाएको छ ।
संस्थाका अनुगमन अधिकृत तिलक बहादुर भण्डारीले आवद्ध सदस्यहरुले बजारको अवस्थालाई मध्यनजर गर्दै आर्थिक मन्दीलाई चलायमान बनाउन जे प्रयोजनका लागि लिएको त्यसैमा लगानी गर्नुपर्ने बताए । उत्पादनमूलक कार्यक्षेत्रमा लगानी गरी आयआर्जनमा अघि हुनुपर्नेमा उनले जोड दिए । यसैबीच शान्ता पन्थले नियमित बचत गर्ने बानीको विकास सँगै ऋण लिँदा समयमा तिर्नुपर्ने बताउँदै लगानी उत्पादन मुखी पेशामा लगाउन जिकिर गरिन् ।
विगत ३ बर्षको स्थापनाकालदेखि शाखा विस्तार गरी ६५ बढी केन्द्र निर्माण गरी हजारौं सदस्यहरु मार्फत कारोबार गरिरहेको शाखा प्रबन्धक हरि बहादुर थापाले बताए । यस्तै लेक बहादुर सारु मगर, गीता बोहरा र मनिषा थारु लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
समूहका सदस्यहरूको सन्तानले एसइइ उत्तीर्ण गरेका उत्कृष्ट ३ विद्यार्थीलाई, ३ जना असल ऋण र एक बचत कर्तालाई दोसल्लासहित सम्मानपत्र र नगद रकमले सम्मान गरिएको लघुवित्त वित्तीय संस्थाले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी