ट्रेंडिंग:

>> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया

दुग्ध व्यवसायलाई व्यवस्थित गर्नुपर्नेमा जोड

८ जेष्ठ २०८०, सोमबार
८ जेष्ठ २०८०, सोमबार

बुटवल, ८ जेठ ।

दुग्ध व्यवसायमा अस्वस्थ प्रतिष्पर्धाका साथै बजारमा न्यून गुणस्तरको दुधको बिक्री वितरण भईरहेकोले त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिईएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा संघ अन्तर्गत गठित डेरी वस्तुगत समितिको संयोजनमा बुटवलमा भएको अन्तत्र्रिmया कार्यक्रममा उक्त कुरामा जोड दिईएको हो ।

दुग्ध तथा दुग्धजन्य वस्तुको उत्पादन, वितरण प्रक्रियामा हुने गुणस्तर ह्रास तथा व्यावसायिक मापदण्ड कार्यान्वयनको अभावले मूल्य र त्यसको गुणस्तरमा सामन्जस्यता नमिलेको व्यवसायीहरु बताउँछन् । त्यस्तै बाटोबाटोमा दुधको खुद्रा बिक्री वितरणले दुधको गुणस्तरमा गिरावट आउनुको साथै त्यस्ता व्यवसायीका कारण मापदण्ड पालना गरेर व्यवसाय गरेका व्यवसायीलाई समेत असर गरेको उनीहरुको भनाई छ ।

त्यसरी बिक्री वितरण हुने दुधमा गुणस्तरमा ह्रास आउनुको साथै जनस्वास्थ्यमा समेत असर गर्ने बताएका थिए । उपभोक्तलाई स्वच्छ र स्वस्थकर दुध तथा दुग्धजन्य उत्पादनको परिपूर्तिका लागि नियमनकारी निकायले कडाईका साथ मापदण्ड कार्यान्वयन गर्नुपर्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू बताउँछन् । उनले अस्वस्थ प्रतिष्पर्धा गर्ने व्यवसायीका कारण मापदण्ड अनुसार सञ्चालन भएका व्यवसायलाई चुनौती भएको बताउँदै सम्बन्धित व्यवसायीहरु एकजुट भएर मापदण्ड कार्यान्वयनको लागि पहल गर्न पनि सुझाव दिए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका शिक्षा, स्वास्थ्य तथा वित्त महाशाखा प्रमुख मित्रमणी खनालले बजारलाई व्यवस्थित गर्नको लागि नगरपालिकाले काम गरिरहेको बताए । उनले दुधको गुणस्तर, खाद्य ऐन, अनुगमन, व्यवसाय दर्ता, मापदण्ड लगायतका बारेमा पनि जानकारी गराए ।

कार्यक्रममा बोल्दै डेरी वस्तुगत समितिका सभापति गणेशसिंह भण्डारीले विना दर्ता व्यवसाय गरिरहेका व्यवसायीलाई दर्ताको प्रक्रियामा आउन र मापदण्ड पालना गर्न आग्रह गरे । नेपाल डेरी एशोसिएशनका थानेश्वर न्यौपाने, व्यवसायीहरु गोपाल पौडेल, जीवलाल न्यौपाने लगायतले व्यवसायीका समस्या तथा चुनौतीहरुको बारेमा जानकारी गराएका थिए ।

त्यस्तै संघका कार्यसमिति सदस्यहरु वसन्तप्रसाद ढकाल, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख योगेश्वर शाह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका कार्यालय प्रमुख विमलकुमार दाहाल लगायतले मापदण्डको पालना गर्दै मर्यादित व्यवसाय सञ्चालनको लागि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?