© २०२३
कपिलवस्तु, ४ जेठ ।
कपिलवस्तु शिवराज नगरपालिकाका कृषक उखु बेचेको पैसा खोज्न काठमाडौं पुगेका छन् । शिवराजको वडा नम्बर ७ जवाभारीमा रहेको महालक्ष्मी सुगर मिलले आठ वर्ष पुरानो रकम भुक्तानी नदिएकोले केन्द्र सरकारको ध्यानाकर्षण गराउन कृषक काठमाडौं पुगेका हुन् ।
सरकारको ध्यानाकर्षण गराउन ३० जना अगुवा उखु कृषकहरू बुधवारदेखि माइतीघरमा धर्नामा बसेका छन् । आठ हजार बढी कृषकहरूले करिब दुई करोड ५० लाख रुपियाँ नपाएको किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताए ।
सरकारले प्रति क्विन्टल उखुको मूल्य चार सय ६१ रुपियाँ निर्धारण गरेको थियो । तर मिल सञ्चालक वीरेन्द्र कुमार कनोडियाले चार सय ३६ रुपियाँ भुक्तानी गरेका थिए । बाँकी रहेको २५ रुपैयाँ अनुदान स्वरूप केन्द्र सरकारबाट पाउने सम्झौता भएको चौधरीको दाबी रहेको थियो ।
यस्तै, ०७१/०७२ पछिका ३ वर्षसम्म सरकारले तोकेको मूल्य पाएका थिएनन् । कृषकले पाउनु पर्ने मूल्य रोकिँदा समस्यामा परेको जवाभारीका कृषक रामलाल कलवारले बताए ।
कलवारले भने, “ठुला कृषकको दुई लाख भन्दा धेरै रकम रोकिएको छ । तर पनि राज्यले बेवास्ता गरे जस्तो अनुभव भएको छ । अब किसानको कि लास आउँछ कि पैसा आउँछ । पटकपटक सरकार र मिल सञ्चालकलाई अनुरोध गर्दा कुनैबाट पनि सुनुवाइ भएको छैन ।”
सरकारको ध्यानाकर्षण गराउनका लागि कृषकहरू ४७ पटक काठमाडौं धाएको बताउने गरेका छन् । मिल सञ्चालक वीरेन्द्र कुमार कनोडियाले महालक्ष्मी सुगुर मिल कपिलवस्तुबाट सर्लाही सारेपछि पैसा पाउने आशा मरेको कृषकहरूले बताउँछन् । पटक पटकको आन्दोलन पछि २०७७ सालमा सरकारसँग अनुदान रकम दिने सम्झौता भएपनि हालसम्म पनि नपाएको कलवारले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी