ट्रेंडिंग:

>> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो

चेम्बर अफ कमर्स रुपन्देही र गोरखाबीच छलफल

४ जेष्ठ २०८०, बिहीबार
४ जेष्ठ २०८०, बिहीबार

भैरहवा, ४ जेठ ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) र गोरखा चेम्बर अफ कमर्सबीच भेटघाट तथा छलफल भएको छ । अध्ययन अवलोकन भ्रमण तथा अन्तरचेम्बर भेटघाट कार्यक्रमअन्तर्गत बुधबार गोरखा आइपुगेको संगठनको टोलीलाई गोरखा चेम्बरले स्वागत गरेको हो ।

स्वागत, भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले संस्थाले उद्योगी–व्यवसायीको नेतृत्व गर्दै आएको बताए । उनले गोरखा चेम्बर अफ कमर्स छोटो समयमा अब्बल संस्थाको रुपमा स्थापित भएको बताए । उनले भने, ‘दशैं सस्तो बजार मेला, व्यापार मेला, सडक महोत्सव, स्वास्थ्य सामग्री वितरण, अन्तर चेम्बर भ्रमण, करसम्बन्धी सचेतनालगायत कार्यक्रमहरु सम्पन्न गरिसकेका छौं ।’ संस्थामा हाल ४२५ जना सदस्य आबद्ध रहेको उनले जानकारी दिए ।

चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले संगठनले मेला महोत्सव आयोजना गर्दै आएको बताए । उनले रुपन्देहीमा भएका विकास निर्माण कार्यहरुमा संगठनले निरन्तर सल्लाह सुझाव दिदै आएको बताए । उनले भने, ‘विभिन्न चेम्बर अफ कमर्सबीच सम्बन्ध बलियो बनाउने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अध्ययन अवलोकन भ्रमण कार्यक्रम गरिएको हो । यसले चेम्बर अफ कमर्सबीच थप बलियो सम्बन्ध स्थापित गर्नेमा विश्वस्त छौं । ’

अध्यक्ष ज्ञवालीले लुम्बिनीमा आउने पर्यटकलाई गोरखा र गोरखा आउने पर्यटकलाई लुम्बिनी लैजान आ–आफ्नोतर्फबाट पहल गर्नुपर्ने बताए । संगठनले वार्षिक कार्ययोजना बनाएर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको ज्ञवालीको भनाइ छ । चेम्बर अफ कमर्स, रुपन्देहीमा हाल ५ हजार जना सदस्यहरु आबद्ध रहेको उनले जानकारी दिए ।

गोरखा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष रामस्वरुप श्रेष्ठले संस्थाको सीमित आम्दानी मुख्य चुनौती रहेको बताए ।

गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रामस्वरुप श्रेष्ठ, महासचिव विष्णु राना मगरले पनि बोलेका थिए । वार्षिक कार्ययोजनाअन्तर्गत आन्तरिक पर्यटन प्रवद्र्धनका साथै विभिन्न चेम्बर अफ कमर्सबीच थप प्रगाढ सम्बन्ध स्थापना गर्ने उद्देश्यले गोरखा, पोखरालगायत स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको संगठनका उद्योग उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामचन्द्र रेग्मीले बताए । चारदिने भ्रमण टोलीमा २० जनाको सहभागीता रहेको संगठनका महासचिव सचिन रोक्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?