© २०२३
बुटवल, १९ वैशाख ।
पुर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुक पुर्णतया आर्थिक मन्दीको अवस्थामा पुगेको विश्लेषण गरेका छन् ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार मुलुकको आर्थिक अवस्थालाई विश्लेषण गर्दै पुर्व अर्थमन्त्री पौडेलले विगत दुई आर्थिक वर्षका पहिलो त्रैमासिकलाई आधार मान्दा ०.७३ प्रतिशतले आर्थिक वृद्धिदर क्रृणात्मक रहेको बताएका छन् । “यो भनेको देशको अर्थतन्त्र जोखिममा छ भन्ने प्रमाण हो”–बुटवल टुडेसँग प्रतिक्रिया दिंदै पौडेलले भने–“लगातारका पछिल्लो दुई पहिलो त्रैमासिकको आर्थिक अवस्थालाई विश्लेषण गर्दा देश पूर्णतः आर्थिक मन्दीको अवस्थामा पुगेको देखाउँछ ।”
एमाले नेतृत्वको सरकारले मजबुत अवस्थामा छोडेको अर्थतन्त्रलाई वर्तमान गठबन्धन सरकारले टाट पल्ट्याउने अवस्थामा पु¥याएको पुर्वअर्थमन्त्री पौडेलको भनाई छ । “एमाले नेतृत्वको सरकारले अत्यन्त विषम परिस्थितिमा समेत देशको अर्थतन्त्रलाई सही ट्रयाकमा राखेको थियो, कोभिड महामारीमा पनि अर्थतन्त्र बिग्रनबाट जोगाएको थियो”–पौडेलले भने–“तर अहिलेको सरकार बजेयता मुलुकको अर्थतन्त्र पुरै टाट पल्टिएको अवस्था छ ।”
उनले मुलुकको अर्थतन्त्र चिन्ताजनक अवस्थामा पुग्दा समेत सरकारले यसबारेको चासो र चिन्ता नरहेको बताए । राष्ट्रिय तथ्यांक कार्यालयको पछिल्लो प्रतिवेदनले सरकारको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी भएको पुष्टि भएको पौडेलले बताए । सरकारले सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । तर राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०७९÷८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने जनाएको छ ।
यस्तै उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ भने नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९÷८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने कार्यालयको अनुमान छ । आर्थिक वृद्धिको यो अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमान भन्दा कम हो ।
यसअघि एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२÷२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेका थिए । यसअघि कारोना भाइरस (कोभिड–१९) का कारण आर्थिक वर्ष २०७६÷७७ मा नेपालको आर्थिक वृद्धिदर २.४ प्रतिशतले ऋणात्मक भएको थियो । आर्थिक वर्ष २०७७÷७८ मा ४.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएकोमा गत आर्थिक वर्ष २०७८÷७९ मा ५.३ प्रतिशत आर्थिक वृद्धिदर भएको केन्द्रीय तथ्यांक कार्यालयको तथ्यांक छ ।