© २०२३
बुटवल, बैशाख । जितगढीमा नेपाल–अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुशीयालीमा बिहीबार जितगढी उत्सव मनाइएको छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले जितगढी उत्सव मनाउदै आएको छ । बिहीबार जितगढी उत्सवका अवसरमा जितगढी उत्सव मूल समारोह, गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत गरिएको थियो । कार्यक्रममा पुर्वमन्त्री तथा संसाद भोज प्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका प्रमुख खेल राज पाण्डेय, उप प्रमुख सावित्रा देवी अर्याल, पुर्व प्रमुख शिवराज सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए । तस्वीरहरुः विश्वास ढकाल/ न्युज बुटवल टुडे ।