ट्रेंडिंग:

>> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने 
मिष्ठान्न ब्यवसायीको भित्रेपात्रो विमोचन

पेशा ब्यवसाय पलायन रोक्न नीतिगत पहल थाल्नुपर्ने सुझाव

२६ चैत्र २०७९, आईतवार
२६ चैत्र २०७९, आईतवार

बुटवल, २६ चैत ।

आर्थिक समस्या ब्यहोरेका रुपन्देहीका पेशा ब्यवसायको पलायन रोक्न सरकारीस्तरबाट नीतिगत पहल थाल्नुपर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले सुझाव दिएका छन । कोभिड संक्रमण र आर्थिक समस्याको पिडामा रहेका ब्यवसायीहरुलाई घरबहाल, सेवाशुल्क लगायतमा छुटका नीतिगत पहल गर्नुपर्ने उनीहरुले सुझाव दिए । रुपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस ब्यवसाय संघले नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्ने वक्ताहरुले उपभोक्ताको हितसंगै ब्यवसाय प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पार्टी प्यालेस तथा क्याटरिङ ब्यवसायी महासंघका उपाध्यक्ष हरि न्यौपाने, बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष बिष्णु ढकाल, संघका अध्यक्ष लक्ष्मण पोखरेल, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी, संघका संस्थापक अध्यक्ष घनश्याम पाण्डे, संस्थापक सचिव राजेन्द्र भट्टराई, नवलपरासी क्याटरिङ तथा टेन्ट ब्यवसायी संघका अध्यक्ष ध्रुव पंगेनीले विमोचन गरेका छन् ।

कार्यक्रममा नेपाल पार्टी प्यालेस तथा क्याटरिङ ब्यवसायी महासंघका संस्थापक कोषाध्यक्ष तथा सल्लाहकार प्रभाकर पण्डितले ब्यावसायिक संस्थामा राजनीतिक गन्ध रोक्नुपर्ने सुझाव दिए । गुणस्तरीय वस्तु, मूल्यको एकरुपता, बदनियता ब्यवसायको कारण उत्पन्न हुने समस्या रोक्ने अभियान महत्वपूर्ण हुने उनले बताए । सरकारको मिष्ठान्न ब्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन गराउने रुपमा महासंघ स्थापना गरिएको उनले बताए ।

मिष्ठान्न तथा क्याटरिङ ब्यावसाय धेरै संवेदनशिल पेशा भएकाले सचेतना अपनाउनुपर्ने समेत सुझाव दिए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष विष्णु ढकालले देशको समग्र आर्थिक अवस्था कमजोरसंगै यसको चपेटामा रुपन्देहीका धरासायी हुने अवस्थामा पुगेको पेशा ब्यवसायलाई रोक्ने गरी पहल थाल्नुपर्ने बताए । घरबहाल छुटदेखि उपभोक्ताको हितको पक्षमा सरोकारवाला निकायहरु पहल गर्न सुझाव दिए ।

यसैबीच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले पेशाप्रतिको वफादारिता कायम गर्दै सेवाग्राहिको हितमा रहेर काम गर्नुपर्ने बताए । ब्यापारिक क्षेत्रहरु धरासायी हुनबाट रोक्न कम लागि सरकारबाट आवश्यक नीतिगत पहल थाल्नुपर्ने उनले बताए । घर बहाल अहिलेको सबैभन्दा चुनौती बनेको भन्दै पारदर्शी हुने गरी पहल थाल्नुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा संस्थापक सचिव राजेन्द्र भट्टराईले संस्था दर्ताको क्रममा प्रशासनबाट धेरै नकारात्मक प्रश्नहरु आएको स्मरण गर्दै मिष्ठान्नको गुणस्तर र उपभोक्ताको हितमा ध्यान दिनसक्दा अहिलेको सफलता हात पारेको दाबी गरे । मिष्ठान्नलाई उद्योगका रुपमा गुणस्तर र मापदण्डमा ध्यान दिनुपर्ने उनले बताए । मिष्ठान्न ब्यवसायी भगवानको प्रसाद तयार गर्ने भएकाले शुद्धता जरुरी रहने उनले बताए । चाडपर्वको बेला खुला सिमा नाकाका कारण अखाद्य मिठाईहरु ल्याउने काम रोक्न संस्थागत रुपमा पहल गरेको उनले बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष घनश्याम पाण्डे, नवलपरासी क्याटरिङ तथा टेन्ट ब्यवसायी संघका अध्यक्ष ध्रुव पंगेनी, संघका अध्यक्ष लक्ष्मण पोखरेल, संघका सचिव बलराम पौडेलले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने गरि अभियान थाल्नुपर्ने सुझाव दिए । हाल रुपन्देहीमा १ हजार बढी मिष्ठान्न तथा क्याटरिङ ब्यवसायीहरु छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%