© २०२३
चन्द्रौटा(कपिलवस्तु), २२ चैत ।
कपिलवस्तुको शिवराज नगरपालिकाले सेवाग्राहीलाई मध्यनजर गर्दै नागरिकसेवा प्रवाह केन्द्र सञ्चालनमा ल्याएको छ । सेवाग्राहीले फाइल बोकेर विभिन्न शाखा धाउने झन्झट हट्ने, सेवाग्राहीलाई चिया, चिसो पानी, टिभी र वाइफाइ लगायत स्तनपान कक्ष समेत सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ ।बुधबार केन्द्रको संयुक्तरुपमा उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी प्रसाद यादवले नगरले गरेको कार्य सराहनीय रहेको प्रशंसा गरे ।उक्त सेवा प्रवाह नहुँदा सेवाग्राही मार्मा पर्दै आएका थिए अब भने त्यो बाध्यता हटेको उनले बताए । नगरलाई थप मजबुत बनाउन प्रदेशले सक्ने सहयोग गर्ने प्रतिबद्धता गरे ।
यस्तै लुम्बिनी प्रदेश सदस्य अर्जुन कुमार केसीले सेवाग्राहले प्रत्यक्ष महसुस हुने नगरले ल्याएको योजना उल्लेखनीय रहेको बताए । आगामी दिनमा सेवा अझै प्रभावकारी हुने जनाउँदै निरन्तरताको शुभकामना समेत उनले व्यक्त गरे ।
शिवराज नगर प्रमुख अजय थापाले कपिलवस्तुमै पहिलो पटक यस्तो सेवा प्रवाह गरेको दावी गरे । सेवाग्राहीहरुको मर्मलाई लक्षित गरि ल्याएको केन्द्रले नागरिकहरुको सेवा प्रवाहमा सहजता प्रदान हुने उनको भनाई छ ।
यसैबीच उप प्रमुख शिवकुमारी थारुले नगरपालिकामा फाइल लिएर शाखा शाखामा पुग्नुपर्ने बाध्यता हटेको बताएकी छन । सेवा केन्द्रमा खटिएका कर्मचारीहरुले नगरका शाखाहरुमा फाइल पु¥याएर काम पुरा भएपछि सेवाग्राहीको हातमा फाइल दिने उनले जनाइन् ।
नगर प्रशासकीय अधिकृत राकेश पाण्डेले यस सेवा केन्द्र सञ्चालनमा ल्याउनु शिवराज नगरपालिका देशकै तेस्रो रहेको जिकिर गरे । जिल्लाकै १० पालिका मध्ये शिवराज नगरपालिका पहिलो पालिका रहेको दावी गर्दै जनतामा सुशासन र पारदर्शी पालिका बनाउने प्रतिबद्धता जनाए ।
सेतो गुरास बाल विकास सेवा कपिलवस्तु संयोजक अनिता शर्माले स्तनपान कक्ष सञ्चालन गर्न नगरसँग समन्वय गर्दा सञ्चालनमा ल्याउन सफल भएको जिकिर गरिन् । स्थानीय गीता पौडेलले नगरले सञ्चालन गरेको सेवाले हर्ष व्यक्त गरिन् । उनले भनिन् ः “यस सेवाले आम नागरिकमा विश्वास थपिएको छ । नगरले अझै प्रभावकारी काम गर्नेछ ।“