© २०२३
विश्व हिन्दु महासंघ नेपालको आठौं राष्ट्रिय महासभा रुपन्देहीमा सुरु भएको छ । महासभाबाट नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम तय गरिएको छ । देशभरबाट १५ सय बढि प्रतिनीधी पर्यवक्षकहरु रुपन्देहीमा आएका छन् । महासभा पुर्व को हाटबजार लाईनबाट विशाल धार्मिक सद्भाव ¥याली निकालिएको छ । बुटवलकोअन्तराष्ट्रिय सम्मेलन केन्द्र बुटवल रामनगरमा महासभाको मुल कार्यक्रम आयोजना हुने छ ।
राष्ट्र रक्षा र धर्मरक्षाका लागि हिन्दुराष्ट्रको मुख्य अभियानस्वरूप महासभामा विशेष छलफल हुने विश्व हिन्दु महासंघ नेपालका बरिष्ठ केन्द्रीय उपाध्यक्ष बरिष्ठ अधिवक्ता बेन बहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।