Butwal Today
खबर

मिसन ग्रासरुटमा सुझाव ग्रहण संगै प्रशिक्षण

१९ चैत्र २०७९, आइतबार
अ+
अ-

सल्यान (बुटवलटुडे),  चैत । पार्टी सुदृढीकरण तथा विस्तार अभियान (मिसन ग्रासरुट) अन्तर्गत सल्यानको बागचौर नगरपालिकामा नेकपा एमालेले वडास्तरबाट विभिन्न तथ्यांक संकलन गरिरहेको छ । पार्टीका पोलिटव्युरो सदस्य मोहन बानिया सहित प्रदेश, जिल्ला र नगर स्तरका नेताकार्यकर्ता वडा तथा वस्ती सम्म पुगेर एमालेको वास्तविक अवस्था पत्ता लगाउन र अभिमुखिकरणलाइ प्रभावकारी बनाउन खटिएका छन् ।

हाल सम्म बागचौर नगरपालिकाको वडा नम्बर १,२,४,५,९ र १० मा ग्रासरुट अभियानका कार्यक्रम सम्पन्न गरिएको जिल्ला कमिटी सचिवालय सदस्य दिपेन्द्र प्रकाश डिसीले जानकारी दिए । सो अवसरमा स्थानिय सहभागीहरुले एमालेलाइ अझै बलियो बनाउन पार्टीका सबै कमिटीहरुलाइ चलायमान बनाउन र नेताहरुलाइ जनसम्पर्कमा नियमित रहन आग्रह गर्नेगरेको अभियानमा खटिएका प्रतिनिधिहरु बताउँछन् ।

अभियान अन्तर्गत वडा नम्बर ९ मा भएको अभिमुखिकरण कार्यक्रममा पोलिटव्युरो सदस्य मोहन बानियाले नेकपा एमाले सबैभन्दा अब्बल र जनातको प्रिय पार्टी भएको बताए । पुजिवादको मतियार मानिने कांग्रेसको टाङमुनि छिरेर माओवादी र समाजवदी नामका पार्टीले समाजवादको ढोल पिटिरहेको बताउंदै उनले देशको रक्षा र नेपाली जनताको हितमा काम गर्ने पार्टी नेपका एमाले मात्रै भएको दाबी गरे । एमाले बाट चोइटिएर बनेको समाजवादी नामको अबसरवादीहरुको झुन्ड आकाश उडिरहेको चङ्गाको संज्ञा दिदै बानियाले भने,– “त्यो चङ्गा कतिबेला चुंडिएर भुंइमा खस्छ भरोसा छैन । त्यसैले समाजवादी तिर लागेका ईमान्दार नेता कार्यकर्ताहरुलाइ एमालेमा फर्कन आवाह्वन गर्छु ।“

कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्य कुल बहादुर गिरीले विकास र परिवर्तनको सोंच, दृस्टिकोण र स्पष्ट योजना आफ्नो पार्टीसंग मात्रै रहेको तर्क गरे ।कार्यक्रममा बोल्दै जिल्ला कमिटी सचिवालय सदस्य दिपेन्द्र प्रकाश डिसीले बागचौर ९ को बिकास निर्माण देखि हरेका समाजिक कार्यहरुको नेतृत्वमा एमाले गर्दै आएको भन्दै आगामी दिनहरुमा जनताको मन जितेर संगठन बिस्तार गर्दै पार्टीलाई अझैं सुदृढीकरण गर्न मिसन ग्रासरुटले महत्त्वपूर्ण भुमिका खेल्ले विश्वास व्यक्त गरे ।

अभियानमा पार्टीका प्रतिनिधिहरु शारदा वली, घनश्याम शर्मा, मोहन चन्द, देब बहादुर डाँगी, यज्ञ बहादुर डाँगी, मातृका डाँगी लगायत खटिएका छन । यहि चैत्र २६ गते सम्म वडा स्तरको कार्यक्रम सक्ने लक्ष्य रहेको एमाले बागचौरले जनाएको छ । नगर कमिटीका अनुसार १९ गते वडा नम्बर ६ र ७ , २० गते वडा नम्बर ११ र १२ तथा २१ गते वडा नम्बर ३ र ८ मा कार्यक्रमको तय भएको छ । प्रशिक्षण संगै विभिन्न तथ्यांक संकलन, सदस्यता नविकरण तथा विस्तार र विभिन्न कमिटी गठन जस्ता कार्यहरु अभियान अन्तर्गत संचालन भैरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?