© २०२३
बुटवल, १६ चैत ।
एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्था लिमिटेड मंगलापुरको आयोजनामा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सहकारी दिवसको अवसरमा सामाजिक सामुदायिक कार्यक्रम अन्तर्गत एफइसी सहकारीले मुटु तथा महिला रोग सम्बन्धी स्वास्थ्य सचेतना कार्यक्रम गरेको संस्थाका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिए ।
कार्यक्रममा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. राजेश पन्जियारले स्वस्थ मुटु र मुटुरोगबाट बच्ने उपायका बारेमा सहजीकरण गरेका थिए भने सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवलमा कार्यरत स्त्री तथा महिला रोग विशेषज्ञ डा. राजेन्द्र बस्यालले स्त्रीरोग सम्बन्धी जानकारी र उपचार विधिका बारेमा सहजीकरण गरेका थिए ।
सहकारीका अध्यक्ष तारानाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले संस्थाको गतिबिधिबारे प्रकाश पारेका थिए भने उपाध्यक्ष जेपी कंडेल, सचिव निरज कंडेललगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । संस्थाका सञ्चालक सदस्य बेदप्रसाद कंडेलको संयोजकत्वमा भएको कार्यक्रममा करिव ३०० जनाको उपस्थिति रहेको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी