ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता

सहकारीकर्मीलाई लेखा तथा व्यवस्थापकीय तालिम

१३ चैत्र २०७९, सोमबार
१३ चैत्र २०७९, सोमबार

सन्धिखर्क, १३ चैत ।

अर्घखाँचीको भूमिकास्थान नगरपालिका अर्घाखाँचीले सहकारीकर्मीलाई लेखा तथा व्यवस्थापकीय तालिम प्रदान गरेको छ । नगरपालिका भित्र रहेका ३१ जना सहकारीकर्मीहरुलाई ५ दिने क्षमता विकास सम्बन्धी तालिम प्रदान गरिएको हो ।

भूमिकास्थानको सहकारी तथा उद्योग शाखाको आयोजना र राष्ट्रिय सहकारी बैंक बुटवल शाखाको प्राविधिक सहयोगमा संचालन भएको तालिममा राष्ट्रिय सहकारी बैंक बुटवल शाखा प्रमुख नारायण बेल्वासेले प्रशिक्षण दिएको सहकारी शाखा प्रमुख शंकर अधिकारीले जानकारी दिए । कृषि र पर्यटनलाई व्यावसायिक बनाइ बजारीकरणको निम्ती सहकारीसंग साझेदारी गर्ने योजनाका संस्थागत रुपमा क्षमता विकास गर्नको लागि सहकारीकर्मीको लागि तालिम संचालन गरिएको अधिकारीले बताए ।

नगरपालिका भित्र रहेका ३१ वटा सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको तालिममा मुख्य प्रशिक्षक बेल्वासेले लेखा व्यवस्थापन, भूमिकास्थानका योजना शाखा प्रमुख हरिशचन्द्र भुसालले संस्थागत व्यवस्थापन, कृषि शाखा प्रमुख राम बहादुर थापाले उत्पादनको क्षेत्रमा सहकारीको आवद्धता र सहकारी शाखा प्रमुख शंकर अधिकारीले कोपोमिस प्रणाली व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिएका हुन् ।

सैद्धान्तिक संगै प्रयोगात्मक कक्षालाई समेत जोड दिइएको तालिमको समापन शत्रमा सहभागिले खुशी व्यक्त गर्दै तालिमबाट सिकेका सिपलाई आफुहरु आबद्ध सहकारीमा लागू गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । तालिम चैत्र ८ गते सुरु भइ चैत्र १२ गते समापन गरिएको भुमिकास्थान नगरपालिकाका कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओसनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?