© २०२३
बर्दघाट, १२ चैत ।
प्रतिनिधि सभाका साँसद विनोद चौधरीले विकासका योजनाहरु हचुवाको भरमा अघि नबढ्ने बताएका छन् ।
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाको बाढीपीडित क्षेत्रमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको उद्घाटन गर्दै साँसद चौधरीले विकासको खाका तयार गरी क्रमशः कार्य सम्पादन गर्दै लैजानुपर्ने बताएका हुन् ।
एकैपटक र तत्काल देखिने गरी विकासको चाहना हुनु मानवीय स्वभाव भएपनि योजना बनाएर अघि बढ्दा कुनै पनि योजना सहज सम्पन्न हुने उनको भनाई थियो । बर्दघाट खानेपानी देशकै उत्कृष्ट मध्येको एक योजना भएको बताउँदै उनले २४ सै घण्टा शुद्ध पिउने पानी वितरण गरिरहेको सँस्थाले शुद्ध पिउने पानीको गुणस्तरीयता कायम गर्दै निरन्तरता दिनुपर्ने र आवश्यक सहयोग गर्न आफूले सक्दो सहयोग गर्ने उनले बताए ।
सँघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय बुटवलको ९० प्रतिशत र बर्दघाट खानेपानीको १० प्रतिशत गरी कुल ७ करोड १९ लाख ९२ हजार ६ सय २७ रुपैयाँ लागतमा परियोजना सम्पन्न भएको थियो ।
उद्घाटन कार्यक्रममा आयोजना कार्यालय बुटवलकी इन्जिनियर शुभेक्षा जिसीले परियोजनाको बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ, उप प्रमुख रुद्र प्रकाश उपाध्याय, वडा नम्बर ४ का वडाध्यक्ष बेधविना तिवारी, पूर्व सहसचिव इन्जिनियर शालिकराम पौडेल, नेपाली काँग्रेसका नगर सभापति दामोदर जिसी, एमालेका नगर अध्यक्ष रविन्द्र विक्रम हमाल, सँस्थाका अध्यक्ष धातानन्द बश्याल, उपाध्यक्ष दिपक लम्साल, सचिव धन बहादुर गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
बर्दघाट नगरपालिका वडा नम्बर ४ मा मात्र सँचालित परियोजनाले आयोजना क्षेत्रका ४ हजार ५७ घर धुरीका करिव २४ हजार जनसँख्यालाई २४ सै घण्टा शुद्ध पिउने पानी उपलब्ध गराएको सँस्थाका ब्यवस्थापक विष्णु कुमार भुसालले जानकारी दिए ।
बर्दघाट खानेपानी सँस्थाको नयाँ आयोजनाको रुपमा रहेको परियोजनामा एउटा ओभरहेड टँकी, २ वटा डिपवेल र करिव २२ किलोमिटर नयाँ पाइपलाईन रहेको छ । यसअघि सँचालित परियोजना र नयाँ परियोजनाको पाइपलाइनलाई इन्टरकनेक्सन गरी खानेपानी वितरण सहज र भरपर्दो बनाइएको अध्यक्ष बश्यालले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी