© २०२३
दाङ, ११ चैत ।
नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले व्यावसायिक अधिकारका लागि निजी क्षेत्र एक जुट हुनुपर्ने बेला आएको बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको १८ औँ साधारणसभा तथा ५३ औँ स्थापना दिवसका अवसरमा आइतबार घोराहीमा आयोजित समारोहमा सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले पछिल्लो समय देशको अर्थतन्त्र झनझन कमजोर बन्दै गएको बताए ।
सरकारले आर्थिक संकटबाट बचाउन गम्भीरतापूर्वक काम गर्नुपर्ने उनको भनाई थियो । अहिलेपनि राज्यले व्यवसायीमैत्री वातावरण बनाउन नसक्दा निजी क्षेत्रमा लगानी कमजोर बन्दै गएको, आर्थिक चलायमान दिनानुदिन खस्किदै गएको तर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले व्यावासायिक सुरक्षा हुन नसक्दा अहिले थुुप्रै उद्योग, कलकारखाना बन्द हुने क्रम बढेको र व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना भएको हुँदा सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले व्यवसायीले बजार बुझेर मात्र लगानी गर्न आग्रह गरे । लगानी धेरै गर्ने, त्यो अनुसारको आम्दानी हुन नसक्दा व्यावसायी निराश हुनपरेको बताए । आन्तरिक राजश्व कार्यालयका कर अधिकृत राजेन्द्र भण्डारी, घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसी, संघका संस्थापक अध्यक्ष तोरण ध्वज श्रेष्ठ, लुम्बिनी प्रदेश उपाध्यक्ष बालकृष्ण सुवेदी, वागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य जमशेर अली मियाँ, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, देउखुरी उद्योग वाािण्ज्य संघका अध्यक्ष खगेश्वर खनाल, कपिलबस्तु उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरे, पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, स्थानीय राजनीतिक दल प्रमुख तथा प्रतिनिधिलगायतले बोलेका थिए ।
संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नरेश कार्की, महासचिव महेन्द्र बुढाथोकीलगायतले पनि बोलेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी