© २०२३
तिलोत्तमा, ५ चैत ।
मन्त्रिपरिषदमा रोकिएको उधारो कानुन अविलम्ब कार्यान्वयनमा ल्याउन उद्योगी व्यवसायीहरुले माग गरेका छन् । रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको बस्तुगत समिति बैठकमा उद्योगी व्यवसायीहरुले मन्त्रिपरिषदमा रोकिएको उधारो कानुन संसदबाट पारित गराएर कार्यान्वयनमा ल्याउन माग गरेका हुन् ।
उक्त कानुनको अभावमा विदेशबाट कच्चा पदार्थ आयात गरि वस्तु उत्पादन गर्ने उद्योगहरुलाई प्रतीतपत्र खोल्नेदेखि सिपिङ, ट्रान्जिट हुदैँ उद्योगसम्म कच्चापदार्थ आइपुग्न चार महिनासम्म लाग्ने र वस्तु उत्पादन गरी बजारमा जाँदा धेरैजसो उधारोमा जाने भएकाले उधारो उठाउने सम्बन्धी ऐन अविलम्ब ल्याउनुपर्ने उनीहरुले माग गरेका हुन् ।
त्यससंगै उनीहरुले दर्ता नगरि व्यवसाय सञ्चालन भईरहँदा दर्ता भएका व्यवसायलाई समस्या, अन्डर विलिङ, स्वदेशी कच्चा पदार्थ प्रयोग गर्दा विभिन्न प्रकारका कर, दोहोरो तेहोरो कर प्रणाली, चर्को बैंक व्याज लगायतका कारण उद्योगी व्यवसायी मारमा परेको बताएका थिए ।
कार्यक्रममा बोल्दै संघका उद्योग उपाध्यक्ष सुरज पंगेनीले उद्योगी व्यवसायीका समस्याको पहिचान गरेर समाधानको लागि साझा पहल गर्नको लागि कार्यक्रम गरिएको बताए । संघमा गठन गरिएका २३ वटै बस्तुगत समितिबाट समस्याहरु संकलन गर्ने र संघबाट हुने समस्या समाधानको लागि संघले पहल गर्ने र प्रदेश तथा केन्द्रबाट हुने समस्या समाधानको लागि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश समिति र महासंघ मार्फत समाधानको पहल गर्ने उनले बताए ।
कार्यक्रममा संघका महासचिव राजकुमार पाण्डे, एशोसिएट सदस्य किशोर पंगेनी, कार्यसमिति सदस्य पुरुषोतम कंडेल, अमनमान श्रेष्ठ तथा बस्तुगत समितिका संयोजक तथा सदस्यहरुले आफ्ना आफ्ना व्यवसायिक समस्या उठान गरेका थिए । शनिबार प्लाष्टिक, होटल तथा रेष्टुरेन्ट, औषधी उद्योग, स्टिल तथा आलमुनियम तथा व्यूटीपार्लर बस्तुगत समितिसंग समस्याहरु र ती समस्याको समाधानको उपायको बारेमा छलफल गरिएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी