© २०२३
चन्द्राैटा(कपिलवस्तु), ४ चैत ।
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले एजेन्सी रिफ्रेसमेन्ट रिवार्ड कार्यक्रम गरेकाे छ । चन्द्राैटामा एक कार्यक्रमकाे बीच शिवराज नगरपालिकाका विपन्न ५० जनालाई उपहारस्वरुप बीमा पाेलिसी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर तथा चन्द्राैटामा रहेकाे जस्मिन मनि ट्रान्सफरका सञ्चालक समेत रहेका आर्यन खानले ५० जनाकाे प्रतिव्यक्ति दुई लाख रकम बराबरको बिमा गरेकाे बताए । बचत गर्ने बानीकाे उद्देश्यले यस्ताे प्रभावकारी याेजना ल्याएकाे उनले जनाए । आम नागरिकलाई राहत हाेस भन्ने हेतुले पहिलाे किस्ता आफ्नाे व्यक्तिगत खर्चमा बिमा गरिएकाे म्यानेजर खानले जनाए ।
यस क्षेत्रका विपन्न गरिब परिवारलाई आगामी महिना थप ५० जनाकाे जीवन बीमा उपलब्ध गराउने योजना रहेकाे उनकाे भनाइ छ । यसैबीच शिवराज नगरपालिकाका मेयर अजय थापाले जीवन बीमा सबैका लागि अपरिहार्य रहेकाे बताए । जीवन बीमाले बचत गर्ने विकाससँगै आर्थिकरुपमा सबल बनाउने जिकिर गर्दै क्षमताले भ्याएसम्म बीमा गर्न आग्रह गरे । कम्पनीको बुटवल शाखासँग समन्वय गरेर सेवाग्राहीलाई उत्प्रेरित तथा लाभान्वित हुनेगरी शनिबार स्थानीय ४० बढी अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियाे ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी