© २०२३
चन्द्रौटा(कपिलवस्तु), ४ चैत ।
मदिरा व्यवसायी संघ कपिलवस्तुमा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । संघको आठौं साधारण सभा तथा पाँचौं अधिवेशनबाट कुलचन्द्र सिग्देल अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनले १६ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा गोविन्द प्रसाद पौडेल, प्रथम उपाध्यक्षमा रविन्द्र कुमार गुप्ता (कशौधन), द्वितीय उपाध्यक्षमा सुधिर कुमार गुप्ता र तृतीय उपाध्यक्षमा मधु सिग्देल रहेका छन् । यस्तै संघको महासचिवमा रामप्रसाद न्यौपाने, कोषाध्यक्षमा लोकेन्द्र पौडेल, सचिवमा खगेन्द्र पौडेल र सह कोषाध्यक्षमा बलराम घिमिरे अधिवेशनबाट सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरी समितिका सदस्यहरुमा बिनोद जयसवाल, कृष्ण प्रसाद गैरे, मनोज बञ्जाडे, ओम बहादुर थापा, विकास कुमार जयसवाल, जुना विष्ट र कृष्ण प्रसाद घिमिरे चयन भएको निर्वाचन मण्डलका संयोजक चुन्ना प्रसाद उपाध्यायले जानकारी दिएका छन् । अधिवेशनले ३ सदस्यीय लेखा समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा सुनिल श्रेष्ठ र टेकराज पौडेल सर्वसम्मत चयन भएका छन् ।
अधिवेशन बुद्धभूमि २, गोरुसिंगेमा सम्पन्न भएको हो । नव निर्वाचित अध्यक्ष सिग्देलले संघलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउने विश्वास व्यक्त गरे । उनले सबै मदिरा व्यवसायीहरुको हकहितका सवालमा संघले बुलन्द आवाज उठाउने उदघोष गरे । अध्यक्षको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष सिग्देलले करलाई मैत्रीपूर्ण बनाउन व्यवसायीलाई आग्रह गरे ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नव निर्वाचित पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना दिएका थिए । सबैभन्दा बढी राजश्व असुली हुने व्यवसाय नै मदिरा व्यवसाय भएकाले यसको नीति नियमबारे सबैले जानकारी राख्नुपर्नेमा वक्ताहरुको जोड रहेको थियो । उनीहरुले जिल्लाभरका सबै मदिरा व्यवसायी संगठित हुनुपर्नेमा जोड दिए । २०७२ सालमा गठन भएको कपिलवस्तु मदिरा संघमा जिल्लाका ७ दर्जन बढी मदिरा व्यवसायी आबद्ध छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी