© २०२३
चन्द्रौटा(कपिलवस्तु) १ चैत ।
कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा हाट बजार अनुगमन गरिएको छ । विगत लामो समयदेखि साप्ताहिक रुपमा लाग्दै आएको हाटबजारको अनुगमन गरिएको हो ।
हाट बजार अनुगमनका क्रममा खुल्ला रुपमा अव्यवस्थित तवरले खाद्य वस्तु बेच्न राखेको पाइएको छ । खुल्ला रुपमा मिठाइ जन्य खाद्यबस्तु बेच्न राखेको भेटिए पछि खाद्यवस्तु ढाकेर स्वस्थकर रुपमा बेच्न उप–प्रमुख थारुले व्यापारीलाई चेतवानी दिइन् । अर्को पटक यस्तै खुल्ला रुपमा भेटिए सबै सामान जफत गरिने समेत उनले जिकिर गरिन् ।
स्थानीय कृषि उपजलाई बिक्री वितरण गर्नकोलागि हाट बजारको व्यवस्थापन तथा सञ्चालनको जिम्मा नगरलाई रहेको छ । हरेक हप्ता हजारौं उपभोक्ताले खाद्य सामाग्री लगायतका अन्य आवश्य सामानहरु यहि हाट बजारबाट खरिद गरेर लैजाने गर्दछन् ।
यसरी खुल्ला रुपमा मिठाइ, माछा, मासु लगायत खाद्यन्न सामाग्रीले उपभोक्ताको स्वास्थ्यमा असर गर्ने हुनाले ढाकेर बेच्न व्यापारीलाई पहिलो चरणमा सुझाव दिइएको घरेलु तथा साना उद्योगका प्रमुख पुडासैनीले बताए ।
हाट बजार अनुगमन गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका बाबुराम शर्माले खाद्यवस्तु ढाकेर बेच्न सुझाए । म्याद गुज्रिएको खाद्यान्न सामगरि समेत नबेच्न आग्रह गर्दै अर्को पटक खुल्ला रुपमा बेच्न राखेको पाइए सामाग्री जफत गरिने उनले बताए ।
उनले भने ः“खुल्ला रुपमा झिगाँ भन्किएका माछा, मासुमा जाली वा सिसा लगाएर बिक्री वितरण गर्न यस पटक चेतावनी दिएका छौँ, कार्यन्वयन नभए कार्वाहि गर्नेछौँ ।“
नगरपालिकाकी उप–प्रमुख शिवकुमारी थारु, घरेलु तथा साना उद्योग कपिलवस्तुका प्रमुख विनय पुडासैनी, जिल्ला प्रशासनका बाबुराम शर्मा, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख विष्णुप्रसाद खनाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख रमेश दहाल, इलाका प्रशासन कार्यालय चन्द्रौटाका हिमालल विश्वकर्मा शिवराज नगर पशु शाखा प्रमुख धनेश्वर खनाल लगायतको संयुक्त टोलीले बुधबार अनुगमन गरिएको जनाइएको छ ।