© २०२३
काठमाडौं ।
आगामी चैत १ गतेदेखि बैंकको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको संगठन नेपाल बैंकर्स संघ (एनबीए) को बिहीबार बसेको बैठकले आगामी चैत १ गतेदेखि कर्जाको ब्याजदर १ प्रतिशतले घटाउने निर्णय गरेको हो । सँगै यता निक्षेपको ब्याजदर समेत ०.४२ प्रतिशतले घटाउने गरी सहमति जुटेको एनबीएका एक सदस्यले रातोपाटीलाई जानकारी दिए । हाल वाणिज्य बैंकहरुले साधारण निक्षेपमा ६.४२ प्रतिशतदेखि ८.४२ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् मुद्दती निक्षेपमा १२.४१ प्रतिशतसम्म ब्याज दिइरहेका छन् ।
यता कर्जातर्फ भने बैंकहरुले ११.५ प्रतिशत हाराहारीको बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लगाइरहेका छन् । तर, अब भने सो ६ प्रतिशतको प्रिमियममा १ प्रतिशत घटाएर कर्जाको ब्याजदर निर्धारण गर्ने तयारी बैंकहरूले गरेको ती सदस्यले रातोपाटीलाई जानकारी दिए ।
योसँगै चर्को ब्याजले समस्यामा परेका ऋणीहरूमा चैतदेखि केही राहत मिल्ने भएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी