© २०२३
चन्द्रौटा(कपिलवस्तु), फागुन- हिरा छन्त्याल एक सहासिक महिला हुन । उमेरले उनी अहिले ३७ बर्षको भएकी छन् । आर्थिक अवस्था न्यून भएपनि मिहिनेत मजुदरी गरेर गुजारा चल्दै थियो ।
समय राम्रै बित्दै गयो । केही महिना पहिले छन्त्यालको शरीरमा सानो ग्रिखा देखाप¥यो । जिल्लाको विजयनगर गाउँपालिका वडा नम्बर–५ बस्ने उनी स्थानीय अस्पताल जान्छिन् । त्यहाँ गएपछि चन्द्रौटामा रहेको सामुदायिक अस्पताल संजिवनी जान भनियो । सामान्य परिवारकी छन्त्याललाई आर्थिक समस्या बल्झिन्छ ।
जेनतेन छरछिमेकीसँग जोहो गरेर २० हजार रुपैया जुटाउँछिन् । लगत्तै संजिवनी पुगेर चेक जाँच गर्दा आफूलाई गम्भीर रोगको लक्षण देखिएको उनी थाहा पाउँछिन । उनलाई छाँगाबाट खसे झै भयो ।
यता हिरा बिरामी हुनु पहिले नै उनको श्रीमानले वैदेशिक रोजगारीकालागि प्रक्रिया चालेका थिए । सोही अनुसार त्यहिबेला श्रीमानको भिजा आयो । श्रीमती बिरामी भएको देख्दा श्रीमान विदेश जान मानेका थिएनन् उनले रुन्चे स्वरमा भनिन् । जेनतेन चर्काे ब्याजमा ऋण खोजेर हिराले गरेको आग्रहमा श्रीमान विदेश गए ।
पीडित छन्त्यालका अनुसार पुनः संजिवनीबाट बुटवल अवस्थित प्रादेशिक लुम्बिनी अस्पताल जाने डाक्टरले सल्लाह दिए । उनले कहिल्यै परिकल्पना नगरेको पिडा हुन्छ । संजिवनी अस्पताल डाक्टरका अनुसार छन्त्याल लुम्बिनी अस्पताल पुग्छिन । त्यतिबेला सम्म उनीसँग भएको २० हजार रुपैयाले आफ्नो उपचार गर्न बुटवलको अस्पतालमै सकिएको उनले पिडा सुनाइन् ।
लुम्बिनी अस्पतालबाट उनलाई भरतपुर अस्पताल जान रिफर गरियो । तर छन्त्यालसँग भएको पैसा बुटवलमा नै सकिएको थियो । उनले आफन्तको गुहार मागिन् । त्यहि बेला उनका एक आफन्तले काठमाडौं जान आग्रह गरे । पैसा जोहोर गरेर उपचार गर्न सान्त्वना दिए । केही समय उनको काठमाडौंका अस्पतालमा उपचार भयो । उनलाई स्तन क्यान्सर भएको डाक्टरले पुष्टि ग¥यो ।
चर्काे व्याजदरमा ऋण खोजेको लाखौं रुपैया खर्च भइ सक्दा पनि पूर्णरूपमा निको हुन सकेन । उनका अनुसारनिकै प्रयासमा मासिक करिब ४३ हजारको औषधिसमेत केही महिना चल्यो । तर उनको आर्थिक अवस्थाले धान्न सकेन् । अहिले छन्त्याल घर फर्किएकी छन् ।
करिब १ बर्षदेखि उनलाई स्तन क्यान्सर रोग लागेको छ । दुई पटक किमो गरेर औषधि सेवन गर्दै आइरेहकी उनले अति न्यून आर्थिक अवस्थाका कारण राम्रो सँग उपचार समेत गर्न पाएकी छैनिन् । घरको अवस्था र श्रीमतीको उपचार गराउँदा चरम आर्थिक अभाव भोगिरहेका उनका श्रीमान दुई महिना अघि चर्को ब्याजमा पैसा लिइ प्रदेश पलायन भएको स्थानीय लोकेश थापाले बताए ।
आफन्त लगायत साथी भाइसँग सरसापत गरि औषधि उपचार गराइ रहेकी छन्त्यालको औषधि खाने पैसा पनि नभएको थापाले जनाए । कतै पहुँच नभएको सामान्य मान्छेलाई कसले पो सहयोग गर्छ र ? भन्दै पीडित छन्त्यालले गुनासो पोखिन् । उनले भनिन ः “कुनै संघसंस्था लगायत सरकारी निकाय वा व्यक्तिले सहयोग गरे केही बर्ष बाचिन्थ्यो होला ? छन्त्यालले थपिन ः– “छोरी सानै छ कदमकथाचित मलाई केही भैहाल्यो भने छोरीलाई कसले पालिदिने होला यहि पिरले झन् बढी पिडा भएको छ ।“