ट्रेंडिंग:

>> रेडक्रसका पूर्व अध्यक्षले आफैलाई गोलि हाने >> दानव नदीमा ३ जना बालक बेपत्ता >> देशको ढुकुटीले धान्न नसक्ने माग सरकारले पुरा गर्न नसक्नेः प्रधानमन्त्री >> नेप्से परिसूचक २७ सयभन्दा तल, कारोबार रकम भने बढ्यो >> मृतकका परिवारलाई क्षतिपूर्ति माग्दै सुर्खेतको यरिचोकमा सडक अवरोध >> वेष्ट्रनलाई यू– १४ क्रिकेटको उपाधि >> मणिमुकुन्द कप इन्डो–नेपाल भलिवल : नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब बिजयी >> रवि लामिछानेको सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने >> शिक्षकसँगको वार्ता एक-दुई दिन भित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु: नैनसिंह महर >> गुणाकर भट्टको निवेदन आज पनि हेर्न नभ्याइनेमा >> बुटवलमा लन्च भयो ‘रेड मी ए फाईभ’ >> पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन >> संघीय निजामती कर्मचारीहरूले सम्झौता कार्यान्वयन नगरेको भन्दै कालो पट्टी बाँधेर प्रदर्शन >> संवैधानिक नियुक्तिविरुद्ध दोस्रो दिनको सुनुवाइ जारी >> बूढानीलकण्ठमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला >> बाँकेको डुडुवा गाँउपालिकाद्वारा बीउ उत्पादन सुरु >> पामिर एकेडेमीले ग–यो वार्षिक क्यालेण्डर विमोचन >> बढ्दो कुपोषण कम गर्न खाद्य प्रणाली सुधार आवश्यक: मुख्यमन्त्री आचार्य >> कर्णालीमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै >> मन्त्रिपरिषद् बैठक ५ बजे, शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने >> विद्यालय शिक्षा ऐनको माग गर्दै सोमबार पनि शिक्षकहरुको प्रदर्शन जारी >> आईपीएलमा आज कोलकाता र गुजरात खेल्दै >> नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन >> आइतबार स्थिर रहेको सुनको भाउमा सोमबार फेरि नयाँ रेकर्ड >> गुल्मीमा नयाँ र प्रतिलिपि नागरिकता बनाउने बराबरी >> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन

रुपन्देहीमा पेट्रोल पम्पको अनुगमनः मापदण्ड विपरीतका पम्पमा शिल

२१ फाल्गुन २०७९, आईतवार
२१ फाल्गुन २०७९, आईतवार

भैरहवा, २१ फागुन ।

जिल्ला अनुगमन समितिले रुपन्देहीका पेट्रोल पम्पहरुमा अनुगमन गरेको छ । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा संचालित ५ वटा पम्पहरुमा आइतबार समितिले अनुगमन गरेको हो । अनुगमनका क्रममा मापदण्ड विपरीत तेल विक्री गरेको पाइएपछि बुटवल उपमहानगरपालिका–१२, नयाँगाउँको लम्साल आयल सप्लायर्समा शिल गरिएको छ ।

उक्त पम्पले प्रत्येक ५ लिटरमा १५ एमएल कम र ३० एमएलसम्म बढी विक्री गर्न पाइने नापतौल विभागको मापदण्ड रहे पनि ६५ एमएलसम्म बढी विक्री गरेको पाइएपछि शिल गरिएको गुणस्तर नापतौल कार्यालय, बुटवलका प्रमुख शम्भुकुमार झाले जानकारी दिए ।

‘कसैले पनि घाटा खाएर तेल विक्री गर्दैन । तर लम्साल आयलले उपभोक्तालाई बढी मात्रामा तेल विक्री गरेको पाइयो । अनुगमन समिति आएको थाहा पाएपछि मेसिन मिलाउने क्रममा यस्तो गरेको हुनसक्छ’, उनले भने, ‘यहीकारण अनुसन्धानका लागि हामीले पम्प शिल गरेका हौं ।’

उनका अनुसार यसरी पेट्रोलियम पदार्थ कम र बढी गराएर विक्री गर्ने पम्पलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने गुणस्तर तथा नापतौल ऐनमा व्यवस्था छ । ‘यदि कसैले नियतबस पेट्रोलियम पदार्थ विक्री गर्दा घटीबढी गरेर विक्री गरेको प्रमाणित भयो भने ऐनअनुसार ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना र ३ वर्ष कैद वा दुबै सजाय गर्न सकिने कानूनी व्यवस्था छ’, उनले भने, ‘लम्साल आयलको नियत के हो ?हामीले अनसन्धान गर्छौं र आवश्यक कारबाही हुन्छ ।’

जिल्ला अनुगमन समिति संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले अनुगमनका क्रममा ४ वटा पेट्रोल पम्पले मापदण्ड पालना गरेको पाइए पनि लम्साल आयल सप्लार्यमा कैफियत देखिएको जानकारी दिए । उनले ३ दिनभित्र संचालक पशुपति लम्साललाई गुणस्तर तथा नापतौल कार्यालय, बुटवलमा उपस्थित हुन अल्टिमेट दिइएको बताए । ‘पम्प शिल गरेर अनुसन्धान सुरु गरिएको छ, नियमतबस संचालकले तेल घटीबढी गरेको पाइए कारबाही हुन्छ’, उनले भने ।

समितिले अनुगमन गर्न आएको जानकारी पछि संचालकले नियतबस नै कम विक्री गरिरहेको मात्रालाई मिलाउँदा बढी विक्री गरेको देखाउने प्रयास भएको निचोड निकालेर पम्प शिल गरेको जनाएको छ । ‘पाँच लिटरमा ६५ एमएलसम्म बढी तेल उपभोक्तालाई सित्तैमा कसैले दिँदैन, पक्कै पनि अनुगमन समितिलाई छल्न यस्तो गरिएको हुनुपर्छ’, अर्यालले भने, ‘अनुसन्धानको क्रममा केही तथ्य खुल्ला, यदि मेसिन नै विग्रिएको हो भने प्रक्रिया पूरा गरेर मेसिन बनाएपछि पम्प संचालनका लागि अनुमती दिन्छौं ।’

अनुगमन समितिले बुटवलको लम्साल आयलसँगै जिल्लाको सैनामैनामा रहेको भुसाल डिजल्स, गैरे टायर्स एण्ड ओइल डिस्टिव्युटर्स, लुम्बिनी डिजल सेन्टर र एस.के. डिजल सेन्टरमा अनुगमन गरेको थियो । ‘समितिले नियमित अनुगमन गर्दै आएको छ, तर पम्पहरुका बारे उपभोक्ताबाट कम मात्रामा तेल विक्री गरेको गुनासो पनि आएपछि हामीले अनुगमनलाई तिव्रता दिएका छौं’, सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘अब सबै पम्पहरुको अनुगमन हुन्छ, गलत भेटिए कारबाहीको दायरामा ल्याउँछौं ।’

उनले उपभोक्तामाथि खेलवाड गर्ने जुनसुकै फर्मलाई कारबाहीको दायरामा ल्याउने जनाए । अनुगमनका क्रममा समितिले पम्पहरुले विक्री गरिरहेको तेलको परिणाम, मेसिनको अवस्थालगायत जाँच गरेको थियो । अनुगमन समितिमा जिल्ला प्रशासन, गुणस्तर तथा नापतौल कार्यालयका साथै लुम्बिनी प्रदेशको उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक दामोदर भण्डारी, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी श्यामु अर्याल, घरेलु कार्यालयका प्रतिनिधि, नौपतौलका प्राविधिकलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?