© २०२३
भालुवाङ १९ फागुन ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकीप्रसाद यादवले लुम्बिनी प्रदेशको पर्यटन विकासका लागि यथासम्भव हुने गरी ५० लाख बजेट बिनियोजन गरिने बताए । उनले बहुप्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी मन्दिर प्यूठान जिल्लाको प्रवेशद्वार भालुबाङ्गमा स्वागत गेट निर्माण गरिने बताए ।
दाङ—देउखुरीको राप्ती गाउँपालिका—१, भालुवाङमा शुक्रवारदेखि शुरु भएको पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०७९ को उदघाटन गर्दै मन्त्री यादवले लुम्बिनी प्रदेश प्राकृतिक सम्पदा, धार्मिक स्थलहरुले भरिपूर्ण रहेको भन्दै आवश्यक प्रचार–प्रसारका माध्यमबाट लुम्बिनीलाई पर्यापर्यटनको विकासको माध्यमबाट आर्थिक रुपान्तरणमा जोड दिनुपर्ने बताए ।
यस्तै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले आफुसँग भएको पुंजी चलायमान बनाउन र राज्यसंग भएको पुंजीलाई उत्पादनको क्षेत्रमा लगाउनु पर्ने कुरामा सबैले ध्यान दिनु पर्ने बताए ।
“कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०७९ को अभियान” भन्ने मूल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा फागुन १९ गते शुक्रबार देखि चैत १ गते सम्म भालुवाङ पुल्चोक स्थित निर्माणाधिन बसपार्कमा सुरु भएको हो । महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ९ करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ । महोत्सवबाट भएको आम्दानीले उद्योग वाणिज्य संघको भवन निर्माण तथा फिल्ड मर्मत गर्ने र केही रकम लालमटियामा रहेको दृष्टिविहिन छात्राबासको भवन निर्माणमा समेत सहयोग गर्ने आयोजकले जानकारी दिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी