ट्रेंडिंग:

>> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ >> वीरगन्जमा निषेधाज्ञा हट्यो >> बरूण धवन यो बर्ष बुवा डेभिडसहित थप ३ फिल्ममा देखिदै >> धाक धम्की दिई रकम उठाएको आरोपमा पत्रकार पक्राउ >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> मेलमिलाप सम्बन्धी आधारभूत तालिम >> स्वेच्छाले अमेरिका छाडनेलाई पैसा देखी हवाई टिकटसम्म निःशुल्क >> आइपिएलमा मुम्बई इन्डियन्सको तेस्रो जित >> सिरहामा चट्याङ लागेर कृषकको मृत्यु >> दोश्रो गुल्मी महोत्सव तयारी पुरा >> सम्पदा दिवसः संरक्षणमा ढिलाई किन ? >> डुबान जोगाउने गुरुयोजनामा आशंका >> राप्तीको बगरमा लटरम्म तरबुजा >> राप्ती साहित्य परिषदले २४ जना स्रष्टा पुरस्कृत गर्दै >> ’ट्रान्सजेन्डर महिला’ अब बेलायतमा ‘महिला’ कोटावाट बाहिर >> शुद्धोधन गाउँपालिकाका अध्यक्ष माथि गोली प्रहार >> स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने >> सुमनाले रास्वपा बैठकमा दिइन् रविलाई राजीनामा बुझाएको जानकारी >> एल डोराडो एवेन्यूमा कविता वाचन तथा ब्याण्डको प्रस्तुति हुने >> सहकारी, लघुवित्त पीडितको पक्षमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता

संरक्षणले नबुझेको रैथाने पिडा

१८ फाल्गुन २०७९, बिहीबार
१८ फाल्गुन २०७९, बिहीबार

नेपाल सरकारले राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग मार्फत ढोरपाटन शिकार आरक्ष व्यवस्थापन योजना (२०७६÷७७–२०८०÷८१) अघि सारेपछि आरक्ष छेउँछाउँका बासिन्दाहरु आन्दोलित भएका छन् । वि.सं. २०४४ बैशाख १४ गते बागलुङ, म्याग्दी र रुकुमका भूभागलाई समावेश गरी १३२५ वर्ग किमी क्षेत्रफलको शिकार आरक्ष घोषणा गरिएको थियो । आरक्ष रहेको क्षेत्र परम्परागत रुपबाट स्थानीयहरुले पशुपाल र जडिबुटी संकलन गर्दै जीविकोपार्जन गरिरहेको क्षेत्र रहेकोले स्थापना कालदेखि नै आरक्षबाट असहज महसुस गरिरहेका थिए र समुदाय–आरक्ष द्वन्द्व समेत चलिरहेको थियो । यस्तो अवस्थामै वि.सं. २०७३ सालमा आरक्ष भित्रका बस्ती र वरिपरिका आंशिक भूभागलाई समावेश गरी बागलुङ , पूर्वी रुकुम र म्याग्दीको ५३९.०४ वर्ग किमी क्षेत्रफलमा मध्यवर्ती क्षेत्र बनाउने प्रस्ताव निकुन्ज विभागले गरेको थियो । त्यही प्रस्ताव अनुसार सरकारले आरक्ष व्यवस्थापन योजना अघि सारेको छ । आरक्ष बन्दा नै आफ्नो परम्परागत जीविकोपार्जनमा अवरोध महसुस गरिरहेका स्थानीय बासिन्दाहरुले मध्यवर्ती क्षेत्र स्थापना गर्दा आफुहरु विस्थापित हुन सक्ने भन्दै विरोध गरिरहेका छन् । अहिले नै आरक्ष भित्र ५३ वटा बस्तीहरुमा २९४५ घरधुरीले निकै नियन्त्रित किसिमले परम्परागत ढंगले जीविकोपार्जन गरिरहेका छन् । प्रस्ताव गरे अनुसार हुने हो भने ५१९३ घरधुरी मध्यवर्ती क्षेत्रमा पर्नेछन् । अहिले नै पशुपालन र प्राकृतिक श्रोतमा आधारित जीवनयापनमा आरक्षको कारणले अवरोध गरिरहेका स्थानीय बासिन्दाहरु आरक्ष विस्तार गर्ने कुराले निकै चिन्तित बनेका छन् र आरक्षको विरुद्ध विद्रोह गर्ने संकेतहरु देखाईसकेका छन् । ढोरपाटनमा मात्र हैन, अधिकांश स्थानमा संरक्षणका नयाँ कार्यक्रमहरु ल्याउँदा स्थानीय बासिन्दाहरुले त्यसलाई सहज रुपमा लिएको देखिदैन । संरक्षण क्षेत्रको स्थापना र संचालनको क्रममा संरक्षण अधिकारी र स्थानीय वासिन्दाहरु बीचमा अनेकौ द्वन्द्वहरु हुने गरेको छ ।

जल, जमिन र जंगल स्थानीय जीविकोपार्जनका मुख्य आधारहरु हुन् । खासगरी परम्परागत ढंगले आय आर्जन र व्यवहार चलाउने समुदाय यस्ता श्रोतसंग नजिक रहेर उपभोग र संरक्षणका कामहरु गरिरहेका हुन्छन् । भूगोल र संस्कृति अनुसार प्राकृतिक श्रोतको उपभोग गर्ने तरिका फरक फरक भएपनि श्रोतसंगको निकटता भने समान हुन्छ । सदियौदेखि प्राकृतिक श्रोतको उपभोग गरिरहेका समुदाय पूर्णरुपमा जल, जमिन र जंगल जस्ता श्रोतमा पूर्ण रुपमा आश्रित रहेर पृथक आर्थिक सामाजिक संस्कृति निर्माण गर्ने भएकोले प्राकृतिक श्रोतको उपयोगमा बाहिरबाट कुनै नियन्त्रण गरियो भने जीवन पद्धति नै खलबलिन पुग्छ । प्राकृतिक श्रोतको संरक्षण सम्बन्धी राज्यस्तरबाट संचालन गरिने कार्यक्रमहरुले स्थानीय बासिन्दाहरुको परम्परागत अभ्यास र श्रोतसंगको निकटताको सम्मान गर्न नसक्ने भएकोले स्थानीय बासिन्दा तथा रैथाने समुदायले सधैभरी संरक्षणबाट आफुहरु ठगिएको र आफ्नो अधिकार खोसिएको महसुस गरिरहन्छन् ।

नेपालमा हिमाली तथा उच्च पहाडी जल भूभागदेखि तराईका मैदानी भागसम्म देशका मुख्य मुख्य पारिस्थितिकीय प्रणालीलाई समेट्ने गरी १२ राष्ट्रिय निकुञ्ज, १ वन्यजन्तु आरक्ष, १ शिकार आरक्ष, ६ सरंक्षण क्षेत्र तथा १३ मध्यवर्ती क्षेत्र व्यवस्थापन हुँदै आएका छन् । उल्लिखित संरक्षित क्षेत्रहरुले नेपालको कूल क्षेत्रफलको २३.३९ प्रतिशत भू–भाग ओगटेको छ । ढोरपाटन, रारा र खप्तडमा जनजाति बाहेक अन्य समुदायको बसोबास भएको भएपनि अन्य सबै संरक्षण क्षेत्र वरपर र मध्यवर्ती क्षेत्रहरुमा जनजाति समुदायकै बढी बसोबास रहेको पाइन्छ । प्रकृतिसंग बढी नजिक रहेका आदिबासी जनजाति समुदायले जोगाएर राखेका वनजंगल, खोलानाला र भू बनोटलाई नै समेटेर राष्ट्रिय निकुन्ज, आरक्ष र अन्य संरक्षण क्षेत्रहरु बनाईएको छ । चितवन राष्ट्रिय निकुन्ज स्थापना गर्दा ठुलो संख्यामा त्यहाँका आदिबासी थारु, बोटेहरुलाई विस्थापित गरिएको थियो । राष्ट्रिय निकुन्ज बनेकै कारण त्यहाँका थारु बस्तीहरु छिन्नभिन्न भएका छन् । तराईमा यो शृंखला कोशी टप्पु, बर्दिया, शुक्लाफाँटा र बाँके निकुन्जमा समेत दोहोरिएको छ । हिमाली क्षेत्रका राष्ट्रिय निकुन्ज र संरक्षण क्षेत्रहरुमा ठुलो संख्यामा स्थानीय बासिन्दाहरु विस्थापित नभएपनि तराईमा यस्ता क्षेत्रहरुको विस्तार र मध्यवर्ती क्षेत्रको स्थापना गर्दा आदिबासी जनजाति र अन्य रैथाने बासिन्दाहरु विस्थापित हुनुपर्ने पिडा अहिलेसम्म पनि जारी छ । यही कारणले गर्दा कतै संरक्षण क्षेत्र स्थापना वा विस्तार गर्दा स्थानीय बासिन्दाहरु तर्सिने गरेका छन् ।

नेपालमा स्थानीय श्रोतमा स्थानीय बासिन्दाहरुको अधिकारको कुरा गर्दा आईएलओ १६९ लाई अघि सार्ने गरिन्छ । नेपाल यस महासन्धिको पक्षराष्ट्र भएकोले यो महासन्धि नेपालले कार्यान्वयन गर्नु राज्यको दायित्व हो । यस महासन्धिको धारा १४ ले आदिबासी जनजाति समुदायका जनताले परम्परागत रूपमै ओगट्दै आएको भूमिमाथि तिनीहरू कब्जा र स्वामित्वको अधिकारलाई मान्यता दिइने उल्लेख गरेको छ ।. यसका साथै तिनीहरूले एकलौटी रूपमा नओगटेका तर आफ्नो जीविकोपार्जनका लागि उपभोग गरेका परम्परागत गतिविधिहरू गर्ने गरेको भूमिमाथि उनीहरूको अधिकारको रक्षा गर्न आवश्यक पर्दा उचित कदमहरू चालिनेछ, यस सन्दर्भमा फिरन्ते समुदाय र कृषकहरूका अवस्थामा विशेष ध्यान दिइने कुरा समेत यस धारामा उल्लेख छ । अहिले नेपालमा प्राकृतिक श्रोतमा आदिबासी जनजातिको मात्र अधिकार रहने कुरा केही अधिकारकर्मीहरु उठाउँदै महासन्धिको गलत व्याख्या गर्दै आएका छन् । यो महासन्धिले जनजाति बाहेक अरुले प्राकृतिक श्रोतको अधिकार नरहने व्यवस्था गरेको छैन तर प्राकृतिक श्रोतको व्यवस्थापन गर्दा परम्परागत जीविकोपार्जनका अवसरहरु कटौती गर्न नपाईने बरु प्रवद्र्धन गर्नुपर्ने व्यवस्था गरिएको छ । महासन्धिको धारा २३ ले परम्परागत ढंगले शिकार खेल्ने, पासो थाप्ने, संस्कृतिमा आधारित प्राकृतिक श्रोत संकलनमा बन्देज नगर्ने कुरा उल्लेख गरेको छ । तर नेपालमा संरक्षणका कार्यहरु गर्दा सबैभन्दा पहिले माछा मार्ने, शिकार खेल्ने, कन्दमूल र तरकारी संकलन गर्ने, जडिबुटी, घाँस, स्याउला र दाउरा संकलन गर्ने जस्ता परम्परागत कार्यहरुमा रोक लगाउने गरिएको छ । परम्परागत कार्य र संस्कृतिको विकल्प नदिई एक्कासी रोक लगाउँदा स्थानीय रैथाने समुदायको जीवनपद्धति नै खलबलिएको छ । स्थानीय बासिन्दाहरुले कहिलेकाही निकुन्ज र आरक्षहरुमा प्रवेश गरेर निउरो, टुसा, च्याउ, घाँस दौरा संकलन गर्दा, नदीमा माछा मार्दा पनि सुरक्षाकर्मीहरुले कुटपिट गर्ने, अनेकौ मुद्धा लगाएर थुन्ने, मान्छे मार्ने जस्ता कार्यहरु गरिरहेका छन् । संरक्षणमा पेशेवर तस्करहरुले ठुलो समस्या उत्पन्न गरिरहेको भएपनि मुद्दामा फसेर जेलमा थुनिनेहरुमा स्थानीय विपन्न, दलित र जनजातिहरुको संख्या ठुलो छ । चरिचरन, वन पैदावारको संकलन, पारम्परिक कार्यको लागि प्राकृतिक श्रोतको उपयोग जस्ता कार्यहरुमा संरक्षणको नाममा अवरोध हुँदा रैथानेहरुले आफ्नो थातथलो छोड्न, सांस्कृतिक परम्पराहरु त्याग्न र जीविकोपार्जनका लागि गलत बाटो अवलम्बन गर्न समेत बाध्य भैरहेका छन् ।

अन्तर्राष्ट्रिय कानुनहरुमा आदिवासी जनजातिहरुको भूमि र प्रकृतिसँगको सम्बन्धको साथै आदिवासी जनजातिहरु आफ्नो स्थानको बारे पहिचान गर्नको लागि सक्षम भएको स्विकार गरिएको छ । आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसघीय घोषणपत्रमा समेत आदिवासी जनजातिहरुको ऐतिहासिक भूमिमाथिको अधिकारको बारेमा व्यवस्था गरेको छ । आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको प्रतिज्ञापत्र (सिईएससिआर)ले परम्परागत भूमि, भू–भाग तथा श्रोतहरुको संरक्षित अधिकारहरु साथै परम्परागत भूमिमाथिको हकअधिकारको व्यवस्था तथा आदिवासी जनजातिहरुको जीवन पद्दति तथा साँस्कृतिक अधिकारको समेत व्यवस्था गरेको छ । विशिष्ट तथा संगठित सांस्कृतिक समूहको रुपमा त्यस्तो सम्बद्ध आदिवासी जनजातिलाई उनीहरुको सम्बन्ध भएको भूमि, श्रोतहरुबाट जबर्जस्ती छुट्याइएमा वा त्यसको पहँुचबाट छुटाइए, टाढा पारिएमा प्रत्यक्ष खतरा भएको मानिने मान्यता छ । नेपालमा प्राकृतिक श्रोत माथिको अधिकार र लाभको वितरणको कुरा गर्दा आदिबासी आधिकारको कुरा मात्र बुझ्ने चलन रहेपनि नेपालको संबिधान र कानूनहरुले प्राकृतिक श्रोतसंग नजिक रहेका सबै स्थानीय वासिन्दाहरुको अधिकार सुरक्षित राख्ने प्रयास गरेको देखिन्छ । नेपालको संबिधान २०७२ को धारा ५१ ले प्राकृतिक साधन स्रोतको संरक्षण, संवद्र्धन र उपयोग सम्बन्धी नीति अन्तर्गत देशमा उपलब्ध प्राकृतिक स्रोत साधनको संरक्षण, संवद्र्धन र वातावरण अनुकूल दिगो रूपमा उपयोग गर्ने र स्थानीय समुदायलाई प्राथमिकता र अग्राधिकार दिंदै प्राप्त प्रतिफलहरूको न्यायोचित वितरण गर्ने नीति अवलम्बन गरिने व्यवस्था छ । राष्ट्रिय वन नीति २०७५ मा वन क्षेत्रमा आयोजना संचालन गर्दा स्थानीय समुदायको स्वतन्त्र पुर्व सहमति लिइने, वनश्रोतको व्यवस्थापन गर्दा स्थानीय र पछि पारिएका समुहलाई लाभमा अग्राधिकार दिने जस्ता कुराहरु नीतिगत रुपमा स्वीकार गरिएको छ । हिमाली राष्ट्रिय निकुञ्ज नियमावली, २०३६ ले स्थानीय समुदायका जनतालाई घरायसी प्रयोजनको लागि वन पैदावार सङ्कलन गर्न पाउने व्यवस्था गरेको छ । तर राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण, वन, भूसंरक्षण जस्ता कानूनहरुले स्थानीय बासिन्दाको प्राकृतिक श्रोतसंगको निकटता सम्बोधन गर्न नसक्दा संरक्षणका गतिविधिहरुमा स्थानीयका पारम्परिक र जीविकोपार्जनका अधिकारहरु ओझेलमा परेका छन् ।

प्राकृतिक श्रोतको छेउँछाउँ बसोबास गर्ने रैथानेहरूको आर्थिक र सामाजिक जीवन पद्धति प्राकृतिक श्रोतमा निर्भर रहेको हुन्छ । संरक्षणको नाममा उचित विकल्प नदिई श्रोतबाट बिमुख पार्ने वा श्रोतको उपयोगमा अवरोध गर्ने कामले सामाजिक आर्थिक पद्धतिलाई नै तहसनहस पार्छ । विस्वको कल्याणको लागि प्राकृतिक श्रोतहरुको संरक्षण गर्नको लागि विशेष कार्यक्रमहरु गर्ने पर्छ तर संरक्षणका कार्यमा स्थानीय वासिन्दाहरुका परम्परा र जीविकोपार्जन समेत अट्नुपर्छ । संरक्षण क्षेत्रको विस्तार, प्राकृतिक श्रोतको उपभोग जस्ता कार्यहरु गर्दा निश्चित जातजातीलाई मात्र नभई सबै स्थानीय बासिन्दाहरुलाई सुचित गर्ने, गुनासो सुनुवाई गर्ने, संरक्षणमा सहभागी बनाउने र लाभमा साझेदार बनाउने जस्ता कामहरु गर्न सकेमा मात्र स्थानीय बासिन्दाहरुको जीवन पद्दतिलाई खलल नपुर्याई निकुन्ज, आरक्ष र संरक्षण क्षेत्रको सफल व्यवस्थापन गर्न सकिनेछ । yrkandel@gmail.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission