© २०२३
सन्धिखर्क, १५ फागुन ।
भूमिकास्थान नगरपालिका अर्घाखाँचीले नगरभित्रका विभिन्न पसलहरुमा सोमबार अनुगमन गरेको छ ।
नगरपालिका भित्र संचालनमा रहेका विभिन्न पसलहरुमा अनुगमन गरिएको प्रशासकीय अधिकृत नारायण प्रसाद पोख्रेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको निर्देशन अनुसार नगर भित्र संचालनमा रहेका पसलहरुमा अनुगमन गरिएको उनको भनाई छ ।
नगरपालिकाको वडा नम्बर १, २, ९ र १० मा संचालनमा रहेका विभिन्न पसलहरुमा गरिएको अनुगमनको क्रममा केही पसलहरुलाई लिखित निर्देशन दिइएको छ । संचालनमा रहेका पसलहरुमा मूल्यसूची र पसलको साईनबोर्ड समेत नराखिएकोले राख्नको लागि लिखित रुपमा निर्देशन दिइएको बजार अनुगमन संयोजक शंकर अधिकारीले बताए । अनुगमनको क्रममा म्याद गुज्रिएका विभिन्न सामानहरु बरामद गरिएको छ । जसअनुसार चुरोट, सुर्ती, भोला, पिरो भुजा, कुरमुरे, चिप्स, बदाम जुस, रक्सी लगायतका विभिन्न खाद्य बस्तु रहेका छन् ।
अनुगमनमा संयोजक शंकर अधिकारी, जिल्ला प्रशासनका प्रतिनिधि दिपक खनाल, राजस्व शाखा प्रमुख सुनिल पोखे्रल, पत्रकार कृष्ण परियार, ढाकावाङ प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक ठाकुर प्रसाद थारु, वडा सदस्य गोपाल नेपाली लगायतको सहभागिता रहेको थियो ।
पछिल्लो समयमा आकाशिएको महङ्गी नियन्त्रण तथा म्याद गुज्रिएका समानहरु उपभोक्ताले प्रयोग गर्नु नपरोस् भन्ने उद्देश्यले बजार अनुगमन गरिएको हो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी