ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

अब नहोस् प्रदेश सांसदहरुको कमजोर उपस्थिति

१४ फाल्गुन २०७९, आइतबार
१४ फाल्गुन २०७९, आइतबार

संसद र संसदीय समितिका बैठकहरूमा उपस्थित भै विधेयक, बजेट र कार्यक्रम र नीतिगत निर्णयका लागि हुने छलफलमा सहभागी भै योगदान गर्नु हरेक सभासदको जिम्मेवारी हो । जनमत प्राप्त प्रतिनिधिहरूले सरकार वा आफ्नो तर्फबाट दृष्टिकोण, योजना र कार्यक्रम संसदीय मञ्चमा प्रस्तुत गरी जनभावना र आवश्यकताहरू सम्बोधन गर्न सकेमा मतदाताप्रति उत्तरदायी भएको ठहर्छ । यसका लागि सभासदहरूको उपस्थितिले महत्वपूर्ण भूमिका खेल्दछ । आफूले बोल्ने अवसरमा मात्र उपस्थित हुने नगरी अरूका विचार सुन्नका लागि समेत संसद वा समितिका बैठकहरूमा सहभागी हुनु आवश्यक हुन्छ । यस सन्दर्भमा पाल्पा विकास केन्द्रले हालै प्रकाशन गरेको लुम्बिनी प्रदेश सभा बैठक सांसदहरूको उपस्थिति र सहभागिता अध्ययन प्रतिवेदनले प्रदेश सभा र समितिहरूको बैठक र सभासदहरूको उपस्थितिको तथ्याङ्क सार्वजनिक गरेको छ । प्रदेश सभा र संसदीय समितिका बैठकमा उपस्थितिका आधारमा सभासदहरूको संसदीय भूमिका आंकलन गर्न सकिन्छ । राज्यका नीति, नियम, कार्यक्रम निर्माणका साथै नागरिकका आवश्यकता, विकास निर्माण र अन्य कार्यमा सहजीकरण गर्न प्रदेश सभा र समितिका बैठकमा उपस्थित भै सहभागिता जनाउन सभासदहरू गम्भीर हुुन आवश्यक देखिएको छ ।

लुम्बिनी प्रदेश सभाको पहिलो ५ वर्षको अवधिमा ९ वटा अधिवेशन भएका थिए । यी अधिवेशहरू क्रमशः पहिलो २२ दिन, दोस्रो २८ दिन, तेस्रो ३३ दिन, चौथो ३२ दिन, पाँचौँ १० दिन, छैटौँ २८ दिन, सातौँ ५ दिन, आठौँ १४ दिन र नवौँ १२ दिन चलेका थिए । यसरी हेर्दा जम्मा १८४ दिन बैठक बसेको थियो । प्रदेश सभा सचिवालयको अभिलेख अनुसार सुरुको अधिवेशन बैठकमा सभासदहरूको रुचि भए पनि पछिल्ला बैठकहरूमा त्यस्तो रुचि घट्दै गएको देखिन्छ । पहिलो अधिवेशनमा २५.५८ प्रतिशत सभासद सबै बैठकमा उपस्थित थिए भने दोस्रोमा यसरी शत प्रतिशत उपस्थित हुने सभासद सङ्ख्या ४.६५ प्रतिशत मात्रै रह्यो । त्यस्तै तेस्रो अधिवेशनमा ३.४५ प्रतिशत, चौथो अधिवेशनमा ७.०६ प्रतिशत, पाँचौँ अधिवेशनमा ११.६३ प्रतिशत सभासदहरू शत प्रतिशत बैठकमा उपस्थित भए । छैटौँ अधिवेशनमा सभासदहरूको यस्तो सङ्ख्या २५.२९ प्रतिशत रह्यो भने सातौँ अधिवेशनमा ८१.४० प्रतिशत सभासद शत प्रतिशत बैठकमा उपस्थित भए । त्यसो त सातौँ अधिवेशनको कुल बैठक सङ्ख्या नै ५ मात्रै थियो जसका कारण पनि यो अधिवेशनमा सभासदहरूको उपस्थिति धेरै रहेको हो । आठौँ र नवौँ अधिवेशनमा भने कुनै पनि सभासद बैठकमा शतप्रतिशत भएको पाइदैन ।

शतप्रतिशत भन्दा तल तर ९५ प्रतिशत भन्दा माथि उपस्थित हुने सभासदहरूको सङ्ख्या पनि पहिलो अधिवेशनको तुलनामा त्यसपछिका अधिवेशनहरूमा घट्दै गएको देखिन्छ । पहिलो अधिवेशनमा यस्ता सभासदको सङ्ख्या १७.४४ प्रतिशत थियो भने दोस्रो अधिवेशनमा १२.७९, तेस्रोमा ३.४५, चौथोमा ११.७६ र छैटौँमा ८.०५ प्रतिशत,र पाँचौँ, सातौँ, आठौँ र नवौँ अधिवेशनमा भने यस्तो सङ्ख्या शून्य नै रह्यो । यसले पनि सभासदहरूको पछिल्ला अधिवेशनमा रुचि घट्दै गएको जसले गर्दा बैठकमा उपस्थितिसमेत नभएको देखिन्छ । यस्तै ८० देखि ८५ प्रतिशत दिन उपस्थित हुने सांसदहरूको सङ्ख्या १५.६ प्रतिशत छ । पहिलो अधिवेशनमा ८.१४, दोस्रोमा ९.३०, तेस्रोमा १६.०९, चौथोमा १४.१२, पाँचौँमा २३.२६, छैटौँमा ३.४५ प्रतिशत सभासद ८० देखि ८५ प्रतिशत दिन उपस्थित हुनेमा पर्छन् । सातौँ, आठौँ र नवौँ अधिवेशनमा भने ८० देखि ८५ प्रतिशत दिन उपस्थित हुने सभासद कोही पनि भएनन् । तालिकामा दिइएको लुम्बिनी प्रदेश सभाका ९ वटा अधिवेशनका बैठकहरूमा सभासदहरू उपस्थिति विवरणबाट जनप्रतिनिधिहरू बैठकमा जान रुचि नदेखाएको देखिन्छ । यसबाट प्रदेश सरकारबाट सम्पादित कार्यहरूको सान्दर्भिकता, भौतिक तथा गुणात्मक मात्रा, स्रोतको न्यायोचित वितरणजस्ता मुद्दामा सभासदहरूको भूमिका सशक्त हुन आवश्यक रहेको ठहर्छ ।

लुम्बिनी प्रदेशको प्रदेश सभा बैठक १ सय ८४ दिन बसेको थियो । त्यसमा सबैभन्दा धेरै (१७३ दिन) उपस्थित हुने सभासदहरूमा तुलसीप्रसाद चौधरी, भोजप्रसाद श्रेष्ठ र सुनिता कुमारी ठठेर रहे । पार्टीगत हिसाबले उनीहरू सबै एमालेका सभासद हुन् भने चौधरी र श्रेष्ठ प्रत्यक्षतर्फका साथै ठठेरचाहिँ समानुपातिकतर्फका सभासद हुन् । उनीहरूको उपस्थिति कुल बैठकको ९३.९७ प्रतिशत रह्यो । ९० प्रशितभन्दा बढि उपस्थित हुने सभासदहरू १३ जना मात्र हुनुहुन्थ्यो । समग्रमा ५० प्रतिशत भन्दा कम उपस्थित हुने सभासदको सङ्ख्या ८ रह्यो ।

प्रदेश सभाका नीति, विधेयक, बजेट र कार्यक्रमहरूमा विस्तृत छलफल गरी सल्लाह सुझाव प्रदान गर्ने मुख्य उद्देश्यकासाथ प्रदेश सभाको पहिलो अवधि (२०७४–२०७९) मा ६ वटा समितिहरू बनाइएका थिए । ती समितिका बैठकमा पनि सभासदहरूको उपस्थिति र छलफलमा सहभागिता महत्वपूर्ण मानिन्छ । प्रदेश मामिला तथा कानुन समितिको बैठक ८३ दिन चलेको थियो । यस समितिको बैठकमा सभासद दामाकुमारी शर्मा ८० दिन उपस्थित भएको तर सभासदहरू कृष्णध्वज खड्का र बलदेव शर्मा पोखरेल भने २ दिन मात्र उपस्थित रहेको र १६ सदस्यीय यस समितिका १० जना सदस्यहरू ५० प्रतिशतभन्दा कम उपस्थित रहेको देखिन्छ । सामाजिक विकास समितिको ६४ दिन बैठक बसेकोमा दिर्घनारायण पाण्डे ६३ दिन तर ३ जना सदस्यहरू ५० प्रतिशतभन्दा कम उपस्थित रहे । कृषि, वन तथा वातावरण समितिको बैठक ५४ दिन मात्र बसेकोमा विजयबहादुर यादव ५३ दिन उपस्थित रहे पनि ५ जना सदस्यहरू ५० प्रतिशतभन्दा कम उपस्थित रहेका थिए । अर्थ, उद्योग तथा पर्यटन समितिको मात्र ४२ दिन बैठक बसेकोमा दधिराम न्यौपाने सबैभन्दा बढी ३९ दिन, २२ सदस्यमध्ये ११ जना ५० प्रतिशतभन्दा कम र सभासदहरू युवराज खनाल र वैजनाथ चौधरीको उपस्थिति शुण्य रह्यो । सार्वजनिक लेखा समितिको बैठक ४५ दिन बसेकोमा डिल्लीबहादुर चौधरी सबै बैठकमा र सबै सदस्यहरू ५० प्रतिशतभन्दा बढि बैठकमा उपस्थित रहेको पाइएको छ । १८ जना सदस्य रहेको भौतिक पूर्वाधार तथा विकास समितिको बैठक ३८ दिन चलेकोमा आशा स्वर्णकार ३७ दिन उपस्थित भए पनि बैजनाथ चौधरी शुण्य दिन र ५ जना सदस्यहरू ५० प्रतिशतभन्दा कम उपस्थित रहेको देखिन्छ ।

प्रदेश सभाको बैठक धेरैपटक बस्ने र बहस र छलफल घनिभूत रुपमा भयो भने प्रदेश सभा जीवन्त हुन्छ । यसको प्रभावकारिता पनि देखिन्छ । ५ वर्षको अवधिमा १ सय ८४ दिन मात्रै प्रदेश सभा बैठक सञ्चालन हुनु उत्साहजनक मान्न सकिदैन । त्यसमा पनि प्रदेश सभा सदस्यहरू उपस्थित नहुनुले नागरिकलाई निराश बनाएको छ । प्रदेश सभा र समितिहरूका बैठकमा ५० प्रतिशतभन्दा कम दिन मात्र उपस्थित हुने सभासदहरूबाट नागरिकले के आशा गर्ने ? वास्तवमा प्रदेश सभा र समितिहरूमा प्रदेश सभा सदस्यहरूको कमजोर उपस्थितिले विधि निर्माण प्रक्रियामा सहयोग पुग्दैन । यसले लोकतन्त्र र सङ्घीय प्रणालीलाई पनि राम्रो गर्दैन । त्यसैले पनि आगामी दिनमा प्रदेश सभा सदस्यहरूले प्रदेश सभा र समितिहरूका बैठकमा आफनो उपस्थिति बढाउँदै नीति निर्माणका लागि बहस, छलफलदेखि संशोधन प्रक्रियामा सक्रियतापूर्वक लाग्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?