© २०२३
काठमाडौँ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सबै लघुवित्तको सेयर मूल्यमा भारी गिरावट आएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन जारी गर्दै लघुवित्तको लाभांश वितरणमा कडाइ गरेसँगै लघुवित्तको सेयर मूल्यमा भारी गिरावट आएको हो ।
केन्द्रीय बैंकले हिजो बुधवार लघुवित्तका लागि निर्देशन जारी गर्दै १५ प्रतिशतभन्दा बढी लाभांश वितरणमा कडाइ गरेको थियो । लघुताहरूले १५ प्रतिशतभन्दा धेरै सेयर प्रस्ताव गरी बढी प्रस्तावित लाभांशको ५० प्रतिशत जगेडा कोषमा जम्मा गर्नु पर्छ । यसअघि २० प्रतिशतभन्दा धेरै लाभांश प्रस्ताव गरेमा बढी प्रस्तावित लाभांशको ५० प्रतिशत जगेडा कोषमा जम्मा गर्नुपर्थ्यो ।
यो व्यवस्थासँगै आज कारोबार खुल्नसाथ लघुवित्त कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आएको छ । हाल सबैभन्दा धेरै सेयर मूल्य गुमाउने कम्पनीहरूको सूचीमा लघुवित्त मात्र छन् । समाचार तयार पार्दासम्मको अवधिमा नेप्सेमा ४१ अंकको गिरावट आइसकेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी