ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
इतिहास खोज

भैरहवाले बिर्सिएको फागुन ८

नेपालमा राणा शासन विरुद्धको संघर्षमा भैरहवामा भएको संघर्ष निकै सशक्त थियो । दिल्ली सम्झौताले राजनैतिक निकास नदिने भन्दै के.आई. सिहले विरोध गरेका थिए । नेपालको राजनैतिक ईतिहासमा के.आई. सिंहको चर्चा हुने गरेको भएपनि भैरहवामा भएको संघर्षको विरलै चर्चा हुने गरेको छ ।
८ फाल्गुन २०७९, सोमबार
८ फाल्गुन २०७९, सोमबार

सन् १९५० नोभेम्बर ११ तारीख रातीदेखि नेपालमा राणाशासनका विरुद्ध एकैचोटी देशव्यापी क्रान्ति सुरु गर्ने नेपाली कांग्रेसको निर्णयअनुसार विराटनगर, वीरगन्ज र भैरहवासमेत देशका प्रमुख तीन ठाउँमा क्रान्ति प्रारम्भ भएको थियो । नोभेम्बर ११ का दिन के आइ. सिंहको नेतृत्वमा जनमुक्ति सेनाका १२ जना योद्धाहरू भैरहवा आक्रमणका निम्ति खटिई नौतनवाको कप्तान टोलमा एकत्रित भएका थिए । सो रात त्यहाँ जम्मा भएका क्रान्तिकारी योद्धाहरूमध्ये डा. के.आई. सिंह, लप्टन खड्गबहादुर गुरुङ् , जमदार डिकबहादुर आले मगर, लक्ष्मीनारायण अधिकारी, परशुराम बस्नेत र काशीप्रसाद श्रीवास्तव मुख्य थिए ।

नोभेम्बर ११ तारीखका दिन एउटा १२ बोर टोटावाल बन्दूक, खुकुरी र केही पटकाहरू साथमा लिई यिनीहरू नौतनवाबाट भैरहवा कब्जा गर्न प्रस्थान गरे । यिनीहरूले प्रथमतः नौतनवाबाट करीब दुई किमि पश्चिममा पर्ने कदमहवा भन्ने ठाउंमा पुगी राती २ बजे त्यहाँको भन्सार अड्डा कब्जा गरे । त्यसपछि के.आई. सिंहको क्रान्तिकारी दल पिपरहवा हुँदै भैरहवा भन्दा दक्षिणमा पर्ने म्युड़ीहवास्थित आँपको बगैंचामा पुगी त्यहाँ थकालीको मिल एवम् लप्टन खड्गबहादुर गुरुङ् र गुरुज्यूको मोटर ग्यारेजमा आफ्नो अड्डा बनाई बस्यो ।

डा. के.आइ. सिंहको दल भैरहवा नपुग्दै १९५० नोभेम्बर ११ का दिन राती करिव २ बजेतिर गोपालशमशेरको नेतृत्वमा जनमुक्ति सेनाका १५–२० जवान व्यक्तिहरू सामेल भएको एउटा टोली भैरहवा आई बडाहाकिम निवासमा आक्रमण गरेको थियो । गोपालशमशेरको आक्रमणको उद्देश्य भैरहवा गोश्वारामा बडाहाकिम निरजङ्गसँगको मिलेमतोमा सरकारी ढुकुटीमा रहेको रकम ३५ लाख भारतीय रुपियाँ हडप्न थियो । तर भैरहवा गोश्वारा र त्यस क्षेत्रमा सुरक्षा गरी बसेका राष्ट्रिय सेनाका कप्तान कुम्बसिंह गुरुङले बडाहाकिम निरजङ्ग राणाको यस किसिमको सरकारी रकम कुम्ल्याउने कुत्सित षड्यन्त्रको तीव्र विरोध गर्दै त्यहां सञ्चित रहेको सम्पूर्ण रकम कलम आफ्ना नियन्त्रणमा लिई इमान्दारीपूर्वक आक्रमणको सामना गरे । आफ्नो योजना असफल भएपछि गोपालशमशेरको दल त्यहाँबाट के. आई. सिंह मएका ठाउँमा आइपुगेको थियो । तर सिंहले गोपालशमशेरका नेतृत्वमा संगठित भई पुनः भैरहवामा आक्रमण गर्ने कुरामा सहमति जनाएन् । शमसेर र गोपाल शमसेर भैरहवा छोडेर पश्चिमतर्फ लागे ।

उता के आइ. सिंहले आफ्नो दललाई अझ सुसंगठित बनाई २००७ साल कात्तिक २८ गते राती १२ बजेतिर भैरहवा गोश्वारामा पुनः आक्रमण गरे । निकै बेरसम्म दुवै तर्फबाट गोली हानाहान भयो । के आइ. सिंहको क्रान्तिकारी दलले राष्ट्रिय सेनाको गढ़ कब्जा गर्ने निकै प्रयास गयो । तर पनि स्वचालित आधुनिक हातहतियार, ब्रेनगन, स्टेनगन र मार्क थी ३०३ राइफलधारी तालिम प्राप्त राष्ट्रिय सेनाका जवानहरूका अगाडि टिक्न नसकी बिहानपख क्रान्तिकारी दल गोश्वारा इलाकाबाट पछि हट्यो । त्यहाँबाट म्युडिहवाको बगैंचा, पिपरहवा हुँदै क्रान्तिकारी दल भारत नेपालको सिमानामा पर्ने करबला भन्ने ठाउंमा पुगी आफ्नो गढ बनाई बस्यो । यहीबाट केआई सिंहको दलले तीन पटकसम्म आफ्नो सम्पूर्ण शक्ति लगाई भैरहवा गोश्वारामा आक्रमण ग¥यो । तर राष्ट्रिय सेनाका कप्तान कुम्बसिंह गुरुङ्ले के आई सिंहको दललाई करबलामा सीमित भई बस्न बाध्य तुल्याए ।

यसैबीच सन् १९५० जनवरी १६ मा नेपाली काँग्रेसका सर्वोच्च कमान्डर मातृकाप्रसाद कोइरालाले भारतको दिल्लीबाट नेपालमा सञ्चालन भइरहेको सशस्त्र कान्ति स्थगित भएको घोषणा गरे । तर के आई सिंह र उनको दलले उक्त घोषणालाई क्रान्तिमाथिको धोका भन्दै राणाविरोधी अभियानलाई जारी राख्यो ।

८ फागुन (२००७) मा उनले अन्तिमपटक तेस्रोपटक गरे । बिहान पाँच बजेदेखि दिउँसो १२ बजेसम्म भएको लडाइँमा बाहेक माल, कचहरी, अमिनी, झ्यालखाना सबै कब्जा भए । तर प्रत्याक्रमणमा सिंह पनि म्युडिहवामा टिक्न सकेनन् । आक्रमणमा सिंहको फौजका प्रधानसेनापति खड्कबहादुर गुरुङ पनि सख्त घाइते भए । त्यो आक्रमणपछि सिंहको फौज नजिकै करवला भन्ने स्थानमा पुगेर मोर्चा कस्न बाध्य भयो । २००७ साल फागुन ७ गते मोहनशमशेरको प्रधानमन्त्रीत्वमा नेपाली कांग्रेस र राणाहरूको अन्तरिम सरकार गठन भई नेपाली काँग्रेसका वरिष्ठ नेता विश्वेश्वरप्रसाद कोइराला देशको गृहमन्त्री बनिसकेका थिए । के.आई.सिंहको विद्रोही समूहले भैरहवामा युद्ध जारी राखेपछि गृहमन्त्री कोइरालाले भारतीय सरकारको समेत सहयोग मागी नेपाली फौज र भारतीय फौजका संयुक्त प्रयासद्वारा के.आई. सिंहलाई निशस्त्र पार्ने आदेश दिए । तदनुसार भारतीय फौज र कप्तान कुम्बसिंह गुरुड्का नेतृत्वमा गएको नेपाली फौज मिली के. आई. सिंह र उनको दललाई करभलामा आत्मसपर्मण गरायो । २००७ साल फाल्गुन ८ का दिन के.आई.सिंहका ३५७ जना अनुयायीहरु पक्रिएको थियो । स्थानको अभावमा के. आई. सिंहलाई बडाहाकिम निवासमा नै बन्दी बनाईएको थियो ।

२००८ असार २७ गते राजबन्दीहरुले जेलको ढोका फोडेर बाहिर निस्केर के.आइ.सिंहलाई मुक्त गरेको थियो । असार २८ गते ठुलो जनसमूहको बीचमा के.आई.सिंहले आफुलाई गभर्नर र काशी प्रसाद श्रीवास्तवलाई प्रधानमन्त्री तथा खडग बहादुर गुरुङ्गलाई प्रधान सेनापति बनाएर जनसरकार घोषणा गरेका थिए । भोलिपल्ट सरकारी सेनाले जनसरकार समर्थित भिडमा गोली चलाउँदा दर्जनौ मानिसको मृत्यु भएको र जनसरकारको गतिविधिलाई निस्तेज पार्न भारतीय फौज आएपछि असार २९ गते सिंह र टोली भैरहवाबाट भागेर गएपछि भैरहवा र पश्चिम नेपाल मुक्तिसेनाको कब्जाबाट मुक्त भएको कुरा तत्कालिन विद्रोही सरकारका प्रधानमन्त्री काशी प्रसाद श्रीवास्तवद्वारा वि.सं. २०१२ मा प्रकाशित नेपालकी ईतिहास पुस्तकमा उल्लेख गरिएको छ ।

नेपालमा राणा शासन विरुद्धको संघर्षमा भैरहवामा भएको संघर्ष निकै सशक्त थियो । दिल्ली सम्झौताले राजनैतिक निकास नदिने भन्दै के.आई. सिहले विरोध गरेका थिए । नेपालको राजनैतिक ईतिहासमा के.आई. सिंहको चर्चा हुने गरेको भएपनि भैरहवामा भएको संघर्षको विरलै चर्चा हुने गरेको छ । तिब्बत निर्वासनबाट फर्केपछि के.आई. सिंह छोटो समयको लागि नेपालको प्रधानमन्त्री समेत भएका थिए । उनी प्रधानमन्त्री भएपछि क्रान्तिलाई धोका दिएको भन्दै उनका अनुयायीहरुले राजनीतिबाट टाढा रहन थाले । भैरहवालाई राणा शासनबाट मुक्त गर्न ज्यान गुमाएकाहरु र पक्राउ परेर जेल सजाय पाएकाहरुलाई न त नेपाली कांग्रेसले सम्झियो न त भैरहवाबासीले नै ।

के.आई.सिंह नेतृत्वका मुक्ति सेना र जनसरकार जस्तै भैरहवाले पनि बिर्सिएको छ फागुन ८ लाई ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?