ट्रेंडिंग:

>> शिक्षकसँगको वार्ता एक-दुई दिन भित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु: नैनसिंह महर >> गुणाकर भट्टको निवेदन आज पनि हेर्न नभ्याइनेमा >> बुटवलमा लन्च भयो ‘रेड मी ए फाईभ’ >> पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन >> संघीय निजामती कर्मचारीहरूले सम्झौता कार्यान्वयन नगरेको भन्दै कालो पट्टी बाँधेर प्रदर्शन >> संवैधानिक नियुक्तिविरुद्ध दोस्रो दिनको सुनुवाइ जारी >> बूढानीलकण्ठमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला >> बाँकेको डुडुवा गाँउपालिकाद्वारा बीउ उत्पादन सुरु >> पामिर एकेडेमीले ग–यो वार्षिक क्यालेण्डर विमोचन >> बढ्दो कुपोषण कम गर्न खाद्य प्रणाली सुधार आवश्यक: मुख्यमन्त्री आचार्य >> कर्णालीमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै >> मन्त्रिपरिषद् बैठक ५ बजे, शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने >> विद्यालय शिक्षा ऐनको माग गर्दै सोमबार पनि शिक्षकहरुको प्रदर्शन जारी >> आईपीएलमा आज कोलकाता र गुजरात खेल्दै >> नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन >> आइतबार स्थिर रहेको सुनको भाउमा सोमबार फेरि नयाँ रेकर्ड >> गुल्मीमा नयाँ र प्रतिलिपि नागरिकता बनाउने बराबरी >> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी

झिमरुकको समृद्धिका लागि बृहत कार्यशाला

७ फाल्गुन २०७९, आईतवार
७ फाल्गुन २०७९, आईतवार

प्यूठान, ७ फागुन ।

झिमरुकको समृद्धिका लागि बृहत कार्ययोजना बनाउने उद्देश्यले गाउँपालिकाले कार्यशाला गोष्ठीको आयोजना गर्दैछ । भोली (सोमवार) देखि संचालन हुने गोष्ठी दुई दिनसम्म संचालन चल्ने छ ।

क्षेत्रगत रुपमा विषय विशेषज्ञहरु सहभागी कार्यक्रममा अवको झिमरुक कस्तो बनाउने भन्ने विषयमा बृहत्तर छलफलबाट निष्कर्ष निकालिने छ । विषय विशेषज्ञहरुले क्षेत्रगत रुपमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जानकारी दिए । ‘गाउँपालिकाको क्षेत्रगत विकासको अवधारणा गोष्ठीबाट निर्माण हुनेछ’, रिजालले भने, ‘यो कार्यक्रम गाउँपालिकाको समृद्धिका लागि कोशेढुंगा सावित हुने अपेक्षा गरेका छौँ ।’ गाउँपालिका स्थापना भएपश्चात पहिलोपटक यस्तो कार्यक्रमको आयोजना गरिएको रिजालले बताए ।

गोष्ठीमा प्यूठानका प्रतिनिधिसभा सदस्य सूर्य थापा सहितका विज्ञहरुको उपस्थिति हुनेछ । गाउँपालिकाको पूर्वाधार विकासतर्फ इन्जिनियर छवी पोखरेलले अवधारणा प्रस्तुत गर्नेछन् । उनी लुम्विनी प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइयो) समेत हुन् ।

कृषि तथा पशुपंक्षी विकासतर्फ कृषि विज्ञ मुकेश रामजाली, सहरकारी गरिबी निवारण तथा रोजगारी सृजनातर्फ सहकारी विज्ञ रविन्द्र केसी, शुसासन तथा संस्थागत विकास तर्फ डा.शैलेन्द्र गिरी, शिक्षा तर्फ प्रा.डा.विष्णुप्रसाद पोखरेल, स्वास्थ्यतर्फ जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डे र कृषि क्षेत्रतर्फ अवधारणा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई प्रमुख चुमान गिरीले क्षेत्रगत रुपमा अवधारणा प्रस्तुत गर्नेछन् । गाउँपालिका कार्यालयमा गोष्ठी संचालन हुनेछ ।

सवैको साझा अवधारणाबाट मात्र गाउँपालिकाको समृद्धि हासिल गर्न सकिने गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले विश्वास लिए । अवधारणा प्रस्तुत गर्ने विज्ञहरु अधिकांश गाउँपालिकाबासी हुन् । कृषि तथा पशुपंक्षी, ग्रामीण पर्यटन र खेलकुदको क्षेत्रमा यो गाउँपालिका संभावना भएको क्षेत्रको रुपमा चिनिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?