© 2026
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा भएको भेटमा प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीका आन्तरिक विषय, आगामी संसद् अधिवेशन र सरकारले ल्याउन लागेको अध्यादेशलगायतका विषयमा छलफल भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले बताए ।
खरेलका अनुसार भेटमा रास्वपाले सञ्चालन गर्न लागेको प्रशिक्षण कार्यक्रमबारे पनि कुराकानी भएको थियो ।
उनले प्रधानमन्त्री र पार्टी सभापतिबीच सौहार्दपूर्ण वातावरणमा छलफल भएको जानकारी दिए ।