© २०२३
बुटवल, ५ फागुन ।
देवदहमा जारी खड्ग प्रसाद गौचन स्मृति पाँचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह ‘बि’ तर्फ क्रिकेट एक्सेलेन्स सेन्टर काठमाडौ र मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी भएका छन् । शुक्रबार भएको पहिलो खेलमा क्रिकेट एक्सेलेन्स सेन्टर काठमाडौले न्यु होराईजन एकेडेमीलाई २ विकेट तथा मदन भण्डारीले धनगढी क्रिकेट क्लबलाई १ विकेटले पराजित गरेको हो ।
देवदह क्रिकेट मैदान शितलनगरमा भएको पहिलो खेलमा टस जितेर न्यू होराईजनले २४.२ ओभरमा आठ बिकेट गुमाएर १ सय ११ रनको लक्ष्य खडा गरेको थियो । न्यू होराईजनका अंकित बिएमले १७ बलमा १७ रन, अमर मिश्रले १७ बलमा १४ रन तथा बिशाल भुषालले २३ बलमा १४ रनको योगदान दिए । कम स्कोरमा रोक्न सिइसीका स्मिथ बुढाले ५ ओभरमा १३ रन खर्चेर २ विकेट तथा ओमकार यादवले ३ ओभरमा २० रन खर्चेर २ बिकेट लिए ।
मध्यम लक्ष्य पछ्याएको सिईसीका ब्याट्सम्यानहरुले २४.२ ओभरमा ८ बिकेटको नोक्सानीमा लक्ष्य भेटायो । उसको जितमा ओमकार यादवले १७ बलमा २४ रन तथा स्मिथ बुढाले २४ बलमा २२ रनको योगदान दिए । न्यु होराईजनका बिपर्सन केसीले ४ तथा सुभम खनाले २ बिकेट लिए । खेलमा सिइसीका ओमकार यादव म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
यसैगरी दोस्रो खेलमा मदन भण्डारीले समूहको दोस्रो खेल जितेको छ । उसले धनगढी क्रिकेट एकेडेमीमाथि १ विकेटको जित निकालेको हो । मदन भण्डारीका सागर गैरे म्यान अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिता अन्तर्गत शनिबार समूह ‘बि’ को क्रिकेट एक्सेलेन्स सेन्टर काठमाडौ र मदन भण्डारी स्पोटर््स एकेडेमी तथा धनगढी क्रिकेट एकेडेमी र न्यु होराईजन एकेडेमीका बीचमा खेल हुने छ ।