© 2026
पाल्पा
कृषिमा यान्त्रिकरण संगै खेतिमा नया प्रविधीको बिकासका कारण कृषकलाई सजिलो मात्र भएको छैन् । कृषिमा लागत समेत कम भएको छ । खेतिमा लागत कम गर्न सरकारले भन्दा व्यवसायीको एकल लगानीका कारण कृषकहरुको घर दैलोमा सुविधा पुगेको छ । तानसेन नगरको दमकडाका महेन्द्र श्रेष्ठको गत वर्ष धान भित्र्याउदा २० हजार खर्च भएको थियो भने यस वर्ष धान काट्ने चुट्ने मेसिनको प्रयोग गर्दा ९ हजार रुपैयामा धान घरै पुगेको बताउछन् ।
धान गहु खेतिका लागि थे्रसरले काम गरेको समयमा यहाका फाटमा यस वर्ष कम्माइन मेसिन भित्रिए पछि किसानलाई निकै सजिलो भयो । पहिले पहिले मानविय श्रमको प्रयोग गरी धान काटेर राख्यो त्यसको केही दिन पछि खेत मै धानका बोटलाई मुठा बाधेर खराइ लगाउने प्रचलन थियो । खराइलाई मानविय श्रम र गोरुको प्रयोग गरी दाउने फाटका कृषकहरुले मेसिनको प्रयोग गरेर धान भित्र्याउन लागेपछि कार्तिक महिना मै धान खेत खालि हुदा पुराना किसानलाई सपना जस्तै लागेको छ ।
एक दशक अगाडि सम्म यहाका फाटभरी धानका खराइ हुन्थे अब खराइ भन्ने नै छैन। प्रविधीको बिकासका कारण खराइ राख्ने प्रचलन हराए पुराना किसान शेर बहादुर कुमाल बताउछन् । गत वर्ष सम्म थे्रसरको मात्र प्रयोग थियो ।यस पटक बाट कम्माइन मेसिनको प्रयोग हुन लाग्यो त्यसैले झनै सजिलो भयो ।पहिले पहिलेका किसानले स्थानिय जातको बिउ प्रयोग गर्द थिए ।
स्थानिय जातको बिउ ढिलो पाक्दथियो । पछिल्लो समयमा कम जमिनमा र कम समयमा उत्पादन हुने जातको बिउको प्रयोग बढदा उन्नत जातको वाली कार्तिक महिना मै तयार हुन्छ । प्रविधीको बिकास भएका कारण बिहानको समयमा पनि धान काट्न लागेको रम्भा गाउपालिका पिपलडाडाका किसान पार्वती अर्याल बताउछिन् । प्रविधीको बिकासका कारण सजिलो भयो । मानविय श्रम प्रयोग भएको भए मंसिर महिनामा पनि खेत खाली हुदैन थियो । रामपुरका अगुवा किसान सुर्य प्रकास रेग्मी बताउछन् ।
प्रविधीको बिकासका कारण किसानलाइ त सजिलो भयो थे्रसर संचालकले आफु खुसी भाडा तथा ज्याला लिने गर्दा कृषकलाइ आर्थिक भार कम नभएको कृकषहरु बताउछन् । व्यवसायीहरुले प्रति मिनेट ७० देखि १०० रुपैया सम्म लिदा स्थानिय सरकार स्थानिय प्रशाशन बेखबर बनेको कृषकहह्रुको गुनासो रहेको छ । पछिल्लो समयमा खेत बारी जोत्न ट्क्याटर वाली चुट्न थे्रसर नपुगेको कही छैन र व्यवासायीले आफु खुसी ज्याला लिने गरेको पुर्वखोला गाउपालिकाको सिलुवाका पुराना पुस्ताका मानबहादुर वयक्वु बताउछन् ।
स्थानियका अनुसार गाउमा काम गर्ने केही छैनन् । पहिले एक आपसमा काम साटासाट हुन्थ्यो । अब हुदैन गाउमा बस्नेको सख्या कमि छ । प्रविधीको बिकास नभएको भए अन्न वाली लगाउनै नसक्ने अवश्था आएको छ । यहा जमिन बाझो हुने क्रम बढदो छ । एक दशक अगाडि सम्म खेतमा गहु लगाउने चलनै थिएन । जब जन जोत मात्र होइन वाली चुट्न थ्रेसर पनि भित्रियो त्यसले सजिलो पनि बनायो ।
पछिल्लो नया पुस्ताले कृषिको बिकल्पमा अन्य पेशा अपनाएको समयमा सरकारले कृषि यान्त्रिकरणमा अनुदानको व्यवस्था गरी युवालाई आर्कषण गर्न सकेको खण्डमा यस्ता प्रविधीले सार्थकता पाउने स्थानिय बताउछन् ।