Butwal Today

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

४ मंसिर २०८३, शुक्रबार
अ
अ+
अ-
गण्डकी । निर्वाचन आयोगको २०औँ वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरिएको छ ।
प्रदेश निर्वाचन कार्यालय, गण्डकीका निर्वाचन अधिकारी जीवन ज्ञवालीले आज प्रदेश प्रमुख भट्टसमक्ष प्रतिवेदन पेस गरेको हो ।
प्रतिवेदन बुझ्ने क्रममा प्रदेश प्रमुख भट्टले स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले सम्बन्धित कामकारबाही तीव्र गतिमा अघि बढाएको विश्वास व्यक्त गरे । उनले निर्वाचन आयोगले आफ्ना जिम्मेवारी सचेततापूर्वक र गम्भीरताका साथ पूरा गर्नुपर्ने बताए ।
सो अवसरमा निर्वाचन अधिकारी ज्ञवालीले गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको सारांश प्रस्तुत गरेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?