© 2026
बुटवल ।
बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक योजना कार्यालय बुटवलमा योजना प्रमुख परिवर्तन भएको छ । बुटवल कार्यालयमा निवर्तमान योजना प्रमुख कुशलता न्यौपानेको विदाई तथा फेरी भेटौला र नवनियुक्त योजना प्रमुख रमेश प्रसाद पौडेललाई स्वागत कार्यक्रम सम्पन्न भएको छ।
सरकारले निवर्तमान आयोजना प्रमुख कुशलता न्यौपानेलाई संघीय सडक निर्देशनालय बबरमहल काठमाण्डौंमा सरुवा गरेको हो । अहिले आयोजना अन्तर्गत बुटवल गोरुसिंगे सडक स्तरोन्नतीको काम भैरहेको छ ।
दुई बर्षको बीचमा जम्मा ३० प्रतिशत काम भएको छ । अव आयोजनाको अवधी अर्को बर्ष कार्तिक ३ गतेसम्म मात्रै रहेको छ । बाँकी एक बर्षको बीचमा बुटवल गोरुसिंगे सडक आयोजनाको काम सम्पन्न गर्न चुनौति रहेको बेला सरकारले आयोजना प्रमुखको सरुवा गरेको हो ।