ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

बुटवलमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड

४ फाल्गुन २०७९, बिहीबार
४ फाल्गुन २०७९, बिहीबार

बुटवल,  फागुन ।- बुटवलमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ । प्रतियोगिताको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले खेलकुदका माध्यमबाट बुटवलबाट राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने गरी लाग्ने बताए । उनले खेलाडी उत्पादनका लागि विद्यालय स्तरबाटै सुरुवात गर्नुपर्ने बताउँदै विद्यालय तहमा खेलाडी उत्पादनका लागि सहकार्य गर्न बुटवल उपमहानगरपालिका सधै तयार रहेको बताए ।

उनले बुटवल ऐतिहासिक, औद्योगिक, पर्यटकीय नगरका रुपमा स्थापित भइसकेको बताउँदै खेलका माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न खेलक्षेत्रका सबैको साथ जरुरी रहेको बताए । उनले बुटवलमा फुटबल, लनटेनिस, ब्याडमिन्टनलगायतका राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना हुने गरेको र आगामी दिनमा अन्य प्रतियोगिता पनि आयोजना गर्ने गरी लाग्न खेलकुद क्षेत्रका व्यक्तिहरुलाई आग्रह गरे ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका हरि क्षेत्रीले जिल्लाको खेलकुदलाई स्तरीय बनाउनका लागि प्रतिबद्ध रहेको बताए । प्रतियोगितामा सामुदायिकतर्फका १६ र संस्थागत तर्फका २२ गरी ३८ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक हरि प्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतिगोगिता अन्तर्गत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेलमा ४ सय ९४ टीमका १ हजार ९१ विद्यार्थी सहभागी रहेको उनले बताए । प्रतियोगितामा सहभागी हुने खेलाडीको सुरक्षालाई ध्यानमा राखेर सबै प्रतियोगी खेलाडीको एक महिनाको बीमा गर्ने प्रतियोगिताका सचिव प्रेमबहादुर बस्नेतले बताए । उनका अनुसार प्रथम, द्वितिय र तृतीय हुने विद्यालयहरुलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ र नगद प्रदान गरिनेछ ।

प्रतियोगिताको उद्घाटनका अवसरमा कालिका मानवज्ञान माध्यमिक विद्यालयले स्वागत पीटी प्रदर्शन, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले बहुसांस्कृतिक कार्यक्रमलगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुति देखाएको थियो ।

 

तस्वीरः विश्वास ढकाल / बुटवल टुडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?