Butwal Today

होण्डाको दशैं योजना विजेताहरू घोषणा

२ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

काठमाडौं । होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले यस वर्षको दशैंको अवसरमा ल्याएको ‘यो दशैं, आशाको सुरुवात’ योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत सातै प्रदेशमा एक–एक गरी विजेताहरू छनोट गर्ने जनाएको थियो ।

चाडपर्वको उल्लाससँगै समाजप्रतिको उत्तरदायित्वलाई मध्यनजर गर्दै होण्डाले यस वर्ष ‘सहयोगको संकल्प’ नामक विशेष योजना सञ्चालन गरेको छ। यस योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत ७ वटै प्रदेशबाट हरेक हप्ता १÷१ जना विजेता छनोट गरी १ लाख रूपैयाँसम्म जित्ने अवसर प्रदान गरिएको छ ।

यसै योजना अन्तर्गत लक्की ड्र मार्फत सातै प्रदेशबाट पहिलो ३ हप्ताको विजेताहरू छनोट गरि कम्पनीले सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार पहिलो हप्ताका विजेताहरूमा प्रदेश १ बाट रामचन्द्र न्यौपाने, प्रदेश २ बाट अफजल मियाँ, प्रदेश ३ बाट गोकुलप्रसाद ओली, प्रदेश ४ बाट बिज्ञान लामा, प्रदेश ५ बाट कृष्णबहादुर खड्का, प्रदेश ६ बाट पदमबहादुर र प्रदेश ७ बाट आदर्श कन्स्ट्रक्सनका मदन यादव रहेका छन् । त्यस्तै, दोस्रो हप्ताका विजेताहरूमा प्रदेश १ बाट विकासकुमार यादव , प्रदेश २ बाट सुन लामा, प्रदेश ३ बाट राजु महर्जन, प्रदेश ४ बाट बलराम थापा, प्रदेश ५ बाट पुष्पा थारु, प्रदेश ६ बाट मानसिंह दाहाल तथा प्रदेश ७ बाट विनिता पाठक रहेका छन् ।

यसैगरी, तेस्रो हप्तामा प्रदेश १ बाट आशिष राई, प्रदेश २ बाट सुशीलकुमार श्रीवास्तव ,प्रदेश ३ बाट दिशान्त विष्ट , प्रदेश ४ बाट मनोज घिमिरे ,प्रदेश ५ बाट दामोरबहादुर बुढाथोकी, प्रदेश ६ बाट प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रदेश ७ बाट जुजेस्टर राणा विजयी भएका छन् । कम्पनीले सम्पूर्ण विजेताहरूलाई उनीहरूले जितेको रकम हस्तान्तरण गर्नुका साथै आफ्नो ‘सहयोगको संकल्प’ अनुरूप सोही बराबरको थप रकम पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?